Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वडा नं. २ मा १७ वटा विकास योजना सञ्चालन हुने

Advertisement

वडा नं. २ मा १७ वटा विकास योजना सञ्चालन हुने

दोलखा / स्थानीय तहअन्तर्गत वडा नं. २ मा आगामी आर्थिक वर्षका लागि विभिन्न विकास तथा पूर्वाधारसम्बन्धी १७ वटा योजना सञ्चालन गरिने भएको छ। सडक, सिँचाइ, पर्खाल निर्माण, खेलमैदान व्यवस्थापन तथा सामुदायिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना छनोट गरिएको वडा अध्यक्ष स्टालीन श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार स्थानीयवासीको आवश्यकता र मागलाई आधार मानी योजना छनोट गरिएको हो। योजनाहरूका लागि लाखौँ रुपैयाँ बजेट विनियोजन गरिएको छ भने केही योजना लागत साझेदारीमा कार्यान्वयन गरिने तयारी गरिएको छ।

प्रमुख योजनाहरू तथा विनियोजित बजेटः

• छुङ्गाना–जिल्कुभञ्ज्याङ सडक स्तरोन्नति – रु. १५ लाख

• पाखाबारी क्षेत्र सडक स्तरोन्नति – रु. १२ लाख

• त्रिपुरासुन्दरी पर्खाल निर्माण – रु. १२ लाख

• भीमेश्वर मन्दिर क्षेत्र पूर्वाधार निर्माण – रु. २० लाख

• डाँडागाउँ पर्खाल निर्माण – रु. १२ लाख

• भित्ता संरक्षण तथा पर्खाल निर्माण – रु. १० लाख

• कालोपत्रे सडक संरक्षण तथा स्तरोन्नति – रु. १५ लाख

• गौडेखोला खेलमैदान पर्खाल निर्माण – रु. १५ लाख

• प्रगति टोल संरक्षण पर्खाल निर्माण – रु. १५ लाख

• एकीकृत बस्ती विकास कार्यक्रम – रु. ३५ लाख

• तामा मिल्कुणा पर्खाल निर्माण – रु. ४० लाख

• भीमेश्वर मन्दिर उत्तरतर्फ संरक्षण तथा पूर्वाधार निर्माण – रु. २० लाख

• पाखाबारी भूपू सैनिक भवन क्षेत्र पूर्वाधार निर्माण – रु. २० लाख

• भीमेश्वर मन्दिर परिसरमा आकर्षक डिजाइनसहित सुरक्षा तथा पूर्वाधार निर्माण – रु. १ करोड ४५ लाख

• वडास्तरीय सिँचाइ योजना – रु. १५ लाख

• सिँचाइ कुलो मर्मत तथा विस्तार – रु. १० लाख

• कृषि तथा उत्पादन प्रवर्द्धन कार्यक्रम – रु. १० लाख

वडा अध्यक्ष श्रेष्ठका अनुसार योजनाहरू समयमै सम्पन्न गरी वडाको समग्र विकासलाई गति दिने लक्ष्य लिइएको छ।

 योजना कार्यान्वयनपछि कृषि उत्पादन वृद्धि, यातायात पहुँचमा सुधार तथा स्थानीय पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। साथै विकास निर्माणका काममा स्थानीय नागरिकको सहभागिता र निगरानीलाई प्राथमिकता दिइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग । महेन्द्र श्रेष्ठ / दोलखा दो...
द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search