Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणमा जिम्मेवारीबारे सञ्चारकर्मीलाई अभिमुखीकरण

Advertisement

मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणमा जिम्मेवारीबारे सञ्चारकर्मीलाई अभिमुखीकरण

महेन्द्र श्रेष्ठ

दोलखा, असार ३ ।

जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाको सहकार्य र समन्वयमा सञ्चारकर्मीहरूका लागि ‘आत्महत्या तथा मानसिक स्वास्थ्यसम्बन्धी जिम्मेवार समाचार सम्प्रेषण’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई समाचारका माध्यमबाट प्रस्तुत गर्दा अपनाउनुपर्ने संवेदनशीलता, नैतिकता र सामाजिक जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभिमुखीकरणका क्रममा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले आत्महत्या तथा मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्ने विषयमा विस्तृत प्रस्तुतीकरण गर्नुभयो। उहाँले यस्ता समाचारले समाजमा सकारात्मक वा नकारात्मक दुवै प्रभाव पार्न सक्ने भएकाले पत्रकारहरूले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राम तिमल्सिनाले जिल्लाको मानसिक स्वास्थ्यसम्बन्धी अवस्था, उपलब्ध तथ्यांक तथा जोखिम न्यूनीकरणका लागि विभिन्न निकायबीचको सहकार्य आवश्यक रहेको विषयमा जानकारी गराउनुभयो। उहाँले मानसिक स्वास्थ्यका विषयमा खुला बहस, सचेतना र समुदायस्तरको सहभागिताले सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यलाई केवल स्वास्थ्य क्षेत्रको विषयका रूपमा नभई सामाजिक सरोकारको साझा मुद्दाका रूपमा लिनुपर्ने आवश्यकता औँल्याएका थिए। साथै सञ्चारमाध्यमले तथ्यपरक, जिम्मेवार र मानव संवेदनशीलतालाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गरेमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमले मानसिक स्वास्थ्य प्रवर्द्धन, सामाजिक सचेतना विस्तार तथा जिम्मेवार पत्रकारिताको अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सहभागीहरूले सकारात्मक सन्देश प्रवाह गर्दै मानसिक स्वास्थ्यमैत्री समाज निर्माणमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी बनाउन प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग। सिन्धुली । संवाददाता — महिला तथा बालबालिकामाथि हुने हिंसा, बलात्कार र ...
२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा

२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा

२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा। नगरकोट / नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीअन्तर्गतको जनसंगठन समन...
अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक : संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड।

अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक : संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड।

अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक : संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड। दोलखा । अखिल नेपाल महिला संघ (अनेमसंघ) दोलखाको ९औँ ...
सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल

सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल

सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल। दोलखा । भीमेश्वर नगरपालिका–२ मा सहकारी क्षेत्रका समस्या, चुनौती तथा ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search