Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा सडकबाट लडेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु

Advertisement

दोलखामा सडकबाट लडेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु

महेन्द्र श्रेष्ठ

दोलखा, असार ८ – दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा क्षमावतीका एक युवकको सडकबाट लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय शिवजी शिवाकोटी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोमबार साँझ घरतर्फ जाने क्रममा शिवाकोटी अचानक सडकबाट करिब २५ मिटर तल खसेका थिए। घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि धुलिखेल अस्पताल शाखा, भिमेश्वर पुर्‍याएका थिए। गम्भीर अवस्थामा रहेका शिवाकोटीको चिकित्सकको निगरानीमा उपचार सुरु गरिए पनि उनको ज्यान बचाउन सकिएन।

उपचारकै क्रममा सोमबार राति करिब पौने ९ बजे चिकित्सकले शिवाकोटीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनापछि प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शिवाकोटी मादक पदार्थ सेवन (मापसे) गरी हिँडिरहेको अवस्थामा अनियन्त्रित भई सडकबाट लडेको देखिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ। मादक पदार्थ सेवनपछि हुने जोखिमप्रति सचेत रहन तथा हिँडडुल गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search