शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सेनाको सहयोगमा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण

Advertisement

सेनाको सहयोगमा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण

महेन्द्र श्रेष्ठ

शंख ध्वनि अनलाइन

दोलखा, असार १२।

दोलखाको ऐतिहासिक तथा प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा भक्तजनहरूको सहज व्यवस्थापनका लागि नेपाली सेनाले रेलिङ निर्माण गरेको छ। नेपाली सेनाको गरुडदल गण, चरिकोटद्वारा निर्माण गरिएको उक्त रेलिङ शुक्रबार आयोजित एक समारोहबीच मध्यपूर्व पृतनाका पृतनापति उपरथी भुवन खत्रीले भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा उपरथी खत्रीले नागरिक–सैनिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले देशका विभिन्न स्थानमा सामुदायिक आवश्यकताको पहिचान गरी जनहितका कार्यहरू सञ्चालन गर्दै आएको बताए। उनले शीघ्र प्रभावी योजनामार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सामुदायिक पूर्वाधार विकासमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले भीमेश्वर मन्दिरको संरक्षण, संवर्द्धन र विकासका लागि नगरपालिका निरन्तर सक्रिय रहेको बताउँदै ऐतिहासिक सम्पदाको संरक्षणमा नेपाली सेनाले गरेको योगदान प्रशंसनीय र महत्वपूर्ण रहेको बताए।

गरुडदल गणका गणपति कर्णेल लोकसागर कटुवालका अनुसार मन्दिर परिसरमा करिब ७ लाख ४० हजार रुपैयाँको लागतमा ८७ मिटर स्टिल तथा ५० मिटर फलामको रेलिङ निर्माण गरिएको हो।

यसैबीच, भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले नेपाली सेनाले निर्माण गरेको रेलिङले मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको लाइन व्यवस्थापनलाई थप सहज, व्यवस्थित र सुरक्षित बनाउने विश्वास व्यक्त गरे। उनले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यले मन्दिरको संरक्षण, व्यवस्थापन र विकासमा थप टेवा पुग्ने बताए।

गरुडदल गणका गणपति कर्णेल लोकसागर कटुवालको सभापतित्वमा सम्पन्न रेलिङ उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नं. ९ बाहिनीका बाहिनीपति भूमिभट्ट बराल, प्रहरी नायब उपरीक्षक मनोज लामा, भीमेश्वर मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नवनिर्मित रेलिङले भीमेश्वर मन्दिरमा दर्शन गर्न आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेनाको सहयोगमा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण

सेनाको सहयोगमा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण

सेनाको सहयोगमा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दोलखा, असार १२। दोलखाको ऐतिहासिक तथ...
गुठिवु खेतमा रोपाइँको रौनक : विद्यार्थीले लिए कृषि ज्ञान।

गुठिवु खेतमा रोपाइँको रौनक : विद्यार्थीले लिए कृषि ज्ञान।

गुठिवु खेतमा रोपाइँको रौनक : विद्यार्थीले लिए कृषि ज्ञान। महेन्द्र श्रेष्ठ दोलखा, असार १२ – परम्परागत कृषि संस्कृतिलाई संरक्षण ग...
इन्जिनियर श्यामचन्द्र श्रेष्ठ : प्राविधिक दक्षता, सामाजिक सेवा र राजनीतिक यात्राको परिचय।

इन्जिनियर श्यामचन्द्र श्रेष्ठ : प्राविधिक दक्षता, सामाजिक सेवा र राजनीतिक यात्राको परिचय।

दोलखा जिल्लाको सदरमुकाम दोलखा बजारमा जन्मिएका इन्जिनियर श्यामचन्द्र श्रेष्ठ एक कुशल प्राविधिक, युवा समाजसेवी तथा सक्रिय राजनीतिक व...
दोलखामा ७ दिने ज्येष्ठ नागरिक शिविर सुरु

दोलखामा ७ दिने ज्येष्ठ नागरिक शिविर सुरु

पाखलती जीवन विज्ञानद्वारा आयोजना, योग र ध्यानमार्फत स्वस्थ जीवनशैलीको सन्देश दोलखा, असार ९ – भीमेश्वर नगरपालिका–२, पाखलतीस्थित आर...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search