काठमाडौँ । ‘प्रधानमन्त्री चिन भ्रमणको अवसरमा नेपाल र चिन बिच भएका सम्झौताहरूको कुनै महत्त्व नभएको’ राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताउनुभयो – ‘त्यति साधारण सम्झौताको लागि प्रधानमन्त्री चिन जानु आवश्यक नै थिएन ।’ ‘वि.सं.२०७४ सालमा नेपाल र चिन बिच बिआरआई सम्झौता भइसकेको सन्दर्भमा सो सम्झौतालाई कुन रूपमा कार्यान्वयन गर्ने महत्त्वपूर्ण विषय भएको’ महासचिव भट्टले बताउनुभयो, – ‘बिआरआईलाई कार्यान्वयन गर्दा ऋणको रूपमा सम्झौता अगाडि बढाउँदा श्रीलङ्काको हम्बनटोटा हुन सक्ने खतरा हुनसक्छ ।’ चिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि बिआरआई अन्तरगत समावेश गर्नुपर्ने भनिरहँदा महासचिव भट्टले ‘चिनको २२ अरब ऋणमामा बनेको पोखरा विमानस्थल नेपालको लागि सेता हात्ती भएको’ बनाउनु भयो – ‘विमानस्थललाई ऋणमा…
