शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ ।  सात प्रदेशका सात वटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई यो खोप दिइने छ ।  यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ  ।  आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।  अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको…
Read More
किन हुन्छ हृदयघात ?

किन हुन्छ हृदयघात ?

संसारभरि सबैभन्दा धेरै मृत्युको कारण मुटुरोगलाई मानिएको छ । जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ। सहरीकरणसँगै बढेको अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ। विगतमा यो रोग विशेष गरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ।  मुटुले रगत पम्प गरेर शरीरभरि फैलाउने गर्छ। तर मुटुलाई काम गर्नका लागि पनि रगतको आवश्यक पर्छ। मुटुले आफ्नै रगत नलीको सहायताले मुटुमा रगत फैलाउँछ। मुटुका नलीमा बोसोजन्य पदार्थ कोलेस्ट्रोल जम्दै जाँदा नली खुम्चिँदै जाने हुन्छ। यसले गर्दा मुटुको नली साँघुरो हुँदै बन्द हुन्छ। जसका कारण मुटुमा…
Read More
श्वास सम्बन्धी रोगको लागि ब्रोकाउली 

श्वास सम्बन्धी रोगको लागि ब्रोकाउली 

मेलबर्न विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धान अनुसार ब्रोकाउली भएको प्राकृतिक गुणहरूले श्वास सम्बन्धी रोगहरूको लागि एकदमै फाइदाजनक हुने बताइएको छ । श्वास सम्बन्धी रोगहरूमा अस्थमा, एलर्जिक राइनाइटिस, पल्मोनरी डिजिज लगायतका रोगहरू पर्दछन् । फोक्सोमा देखिने विभिन्न सङ्क्रमणहरू हटाउन पनि ब्रोकाउलीमा भएको नेचुरल कम्पाउन्डले महत्पूर्ण भूमिका निर्वाह गर्दछ ।  ब्रोकाउली भएको सेल्फोराफेनले वायु प्रदूषणका कारण हुने हानिकारक प्रभावहरूलाई रोक्न पनि सहयोगी हुन्छ । यो तरकारीमा भएको रोग प्रतिरोधात्मक क्षमताका कारण क्यान्सर जस्ता रोगहरूसँग सङ्घर्ष गर्न पनि एकदमै फलदायी हुन्छ । 
Read More
लम्पिस्किनबाट खरबौ क्षति

लम्पिस्किनबाट खरबौ क्षति

काठमाडौँ । लम्पिस्किन रोगको महामारीका कारण हालसम्म ५२ हजार ४४८ पशु वस्तुको मृत्यु भएको छ । नेपालमा गाई भैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ। २०८० भदौ ७ गते बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले विगत पाँच महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका बताएका हुन् । त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको जानकारी गराए । हाल एक लाख पाँच हजार २५३ पशु बिरामी अवस्थामा रहेका उनले उल्लेख गरे…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search