शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ, ७ मङ्सिर । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन । २०८० मङ्सिर ७ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।   २. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४।४६५ मिलियन ९करिब ६५ करोड० अनुदान स्वीकृत गर्ने ।   ३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजश्व, प्रहरी नायव उपरीक्षक…
Read More
सडकले अशान्त बनाएको एउटा गाउँको कथा

सडकले अशान्त बनाएको एउटा गाउँको कथा

विशाल बस्नेत/न्युज कारखाना महोत्तरी, ५ मङ्सिर । गाउँको सुविधाका लागी  बनाइएको एउटा सडकले गाउँलेहरू बिचमा  नै कलह सिर्जना गर्‍यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर महोत्तरीको बर्दिबासस्थित भित्री गाउँमा रहेको  सडक नै स्थानीयहरूको अशान्तको कारक वनेको छ  । बर्दिबास-६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पुर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको बिच भागमा बिरुवाहरू समेत रोपिएको छ । २०५४ सालमा तत्कालीन गाविस अध्यक्ष विदुर कार्कीले खोलेको यो सडकले गाउँमा कसरी अशान्त मच्चायो भन्ने विषय थाहा पाउन ५ वर्ष अगाडि फर्कनुपर्छ । यो सडकको दायाँबायाँ विशेष गरी स्थानीय तेजिलाल महतो र मकसुदन महतोको जग्गा छ । दुवै सदियारहरुले आधा-आधा…
Read More
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

काठमाडौँ, ७ मङ्सिर । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ । अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवान्डा र तान्जानिया सहभागी रहेका छन् । अब जिम्बाबेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ…
Read More
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला, मादक पदार्थले लिएको हुनसक्छ ज्यान

धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला, मादक पदार्थले लिएको हुनसक्छ ज्यान

धनकुटा, ७ मङ्सिर । धनकुटामा एकाघरका तीन व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधवार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनै जना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ । यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ बर्सिया पत्नी झुमा र ११ वर्षका छोरा आयुध रहेका छन् । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवन गरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट…
Read More
उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना

उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना

प्योङयाङ, ७ मङ्सिर । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ । प्योङयाङले सैन्य जासुस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ । ‘उत्तर कोरिया सम्झौतामा कहिल्यै बाध्य हुनेछैन,’ राज्य मिडियाले बिहीबार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे इनबीचको २०१८ शिखर सम्मेलनमा व्यापक सैन्य सम्झौता प्रायद्वीपमा तनाव कम गर्न र दुई देशहरू बिच विश्वास निर्माण गर्ने प्रयासको रूपमा हस्ताक्षर गरिएको थियो। गत मे र अगस्टमा असफल भए पछि प्योङयाङले माल्लिग्योङ–१ लाई सफलतापूर्वक…
Read More
आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै

आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै

काठमाडौँ, ७ मङ्सिर। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आज पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबिच खेल हुँदै छ । यो खेल बिहान ११ बजेदेखि पोखरा रङ्गशालामा हुँदै छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख,…
Read More
काठमाडौँ प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने

काठमाडौँ प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने

काठमाडौँ, ७ मङ्सिर । आज हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्नका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँमा आज नेकपा एमाले निकट युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले एकै पटक प्रदर्शन गर्ने भए पछि व्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौँ उपत्यकाको सडकमा परिचालन भएका छन् । नियमित जस्तो हुने गरेको माइतीघरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले निषेधाज्ञा जारी गरेपछि युवा सङ्घले तीनकुने र प्रसाईँ नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दै छन् । सुरक्षा निकायका अनुसार जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २…
Read More
डा.जगमान गुरुङले झुट्टा र कपोकल्पित कुरा गरेको मसालको ठहर

डा.जगमान गुरुङले झुट्टा र कपोकल्पित कुरा गरेको मसालको ठहर

काठमाडौँ, मङ्सिर ६  । काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले डा. जगमान गुरुङले महामन्त्री मोहनविक्रम सिंहबारे भ्रामक अभिव्यक्ति दिएको बताएको छ । प्रवक्ता रामप्रकाश पुरीले बुधवार एक स्पष्टीकरण प्रेषित गर्दै महामन्त्री सिंहले डा. गुरुङले भने झैँ राजा चाहिन्छ भनेर कतै पनि अभिव्यक्ति नदिएको भन्दै एउटा स्पष्टीकरण जारी गरेका छन् । स्पष्टीकरणको सम्पूर्ण विवरण यस प्रकार छ - डा. जगमान गुरुङले मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान बिजुक्छे(रोहित)ले नेपालमा राजा चाहिन्छ भनेर भनेको भनी एउटा कुनै कार्यक्रममा अभिव्यक्ति दिनुभएको छ । का. मोहन वैद्य र का. नारायणमान बिजुक्छेले उहाँहरू आफैले त्यसबारे आफ्नो स्थितिलाई स्पष्ट गर्नुहोला । यहाँ हामीले का. मोहनविक्रम सिंहबारे डा. गुरुङको…
Read More
नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढङ्गबाट अघि बढ्छ

नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढङ्गबाट अघि बढ्छ

काठमाडौँ, ६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन् । पश्चिम मोहडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले अब सरकार नयाँ ढङ्गले अघि बढ्ने बताएका हुन् । सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारको कामको प्रकृति र गुण नयाँ ढङ्गबाट अघि बढाउने बताएका हुन् । पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै प्रधानमन्त्रीले अब ताजा भई काम गर्न पाएको जानकारी दिए । ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search