६ पुस, काठमाडौं - नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको लाइन काटेको छ। प्राधिकरण स्रोतका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको हो । प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको चार अर्ब १४ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै रिलायन्सले एक अर्ब ९४ करोड रूपैयाँ र घोराही सिमेन्टले एक अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी छ। अर्घाखाँचीको एक अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ।
६ पुस, काठमाडौं - काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न महानगरपालिकाले निर्देशन दिएको छ। काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्। अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो। सूचना:
६ पुस, मोरङ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् । ‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष पुरा हुँदैछ । यो बिचमा मैले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको छु’, प्रचण्डले भने, ‘यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठुलो सम्बोधन…
६ पुस, उदयपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले समानुपातिक निर्वाचन प्रणालीको विरोध भइरहेको भन्दै समावेशी नेपालका लागि मिश्रित निर्वाचन प्रणालीको विकल्प नभएको बताएका छन् । शुक्रबार कटारीमा उदयपुर कांग्रेसको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले मिश्रित समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको, तर नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने चलन नचाहिएको बताए । ‘हामीले समाज जस्तो छ, संसद्लाई पनि त्यस्तै बनाउने परिकल्पना गरेका हौँ, त्यसैका लागि समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो,’ उनले भने, ‘तर यो समानुपातिक प्रणालीमा नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने होइन, यस्तो अभ्यासलाई हामीले स्वीकार्न सकिँदैन ।’ महामन्त्री थापाले अहिले तीन वटै तहका सरकारले नागरिकले अनुभूत गर्ने…
६ पुस, काठमाण्डौं - स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । गएको असोज २४ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निलम्बन गर्ने निर्णय गरिएको थियो । असोज २६ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. बसौलालाई तीन महिनाका निम्ति निलम्बन गरिएको पत्र पठाएका थिए । निर्देशक पदमा रहँदा बोर्डलाई हानि–नोक्सानी हुने काम गरेको र सोको प्रमाण नष्ट गर्न सक्ने भन्दै उनलाई निलम्बनको पत्र थमाइएको थियो । निलम्बनको निर्णयअघि मन्त्री बस्नेतले डा.…
६ पुस, सुनसरी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सधैं निरन्तरतामा क्रमभंगताको कुरा गरेको भन्दै प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्मित ४०० केभी इनरुवा सबस्टेसन उद्घाटनका क्रममा शुक्रबार उनले आफू नयाँ ‘धक्का’को नजिक पुगेको बताएका हुन् । प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोसिस गरिरहेको उनले उल्लेख गरे । अबको निर्णय जनताको साथमा हुने उनले बताए । जनतालाई निराश पार्ने भाष्यप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसबाट टाढा रहन आग्रह गरे । उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत…
६ पुस, काठमाण्डौं - कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। शुक्रबार दिउँसो सम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरुदत्त सुवेदीले जनकारी दिए । पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकामा शुक्रबार राति १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था छ। अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले उल्लेख गरेको छ। तीन वर्षयता अनलाइनमार्फत् इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएको हो। ‘तोकिएको अवधिसम्म आवेदन दिनेको संख्या दुई लाखसम्म बढ्ने देखिन्छ,’ सुवेदीले भने,‘गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएका छन्, यसो हुँदा…
