१४ पौष, काठमाण्डौं - मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको निधन भएकोमा भर्त्सना गरेका हुन् । ‘वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरु पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँलदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै सो…
१४ पौष, काठमाण्डौं - ललितपुरको बालकुमारीमा शुक्रबार मारिएका वीरेन्द्र शाह र सुजन राउतका आफन्तले शनिबार न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगी मृतकका आफन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रहरी नेतृत्वमा बनेको छानबिन समिति नमान्ने भन्दै न्यायिक समिति गठनको माग गरेका हुन् । 'प्रहरीको नेतृत्वमा बनेको समितिको हामीलाई विश्वास छैन । न्यायिक छानिबन समिति बनाउनुपर्यो र दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्यो,' मृतकका आफन्तको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री दाहालको सचिवालयले भन्यो, 'उनीहरूलाई सहिद घोषणा गर्नुपर्यो ।' यस्तै, रोजगारीमा विदेश जाने विषयको आन्दोलनमा शाह र राउतको ज्यान गएको भन्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गर्न समेत आफन्तको माग छ । इपीएस परीक्षाका विषयमा…
१४ पौष, काठमाण्डौं - नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन । ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश…
१४ पौष, काठमाण्डौं - गृह मन्त्रालयले प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत लाई निलम्बन गरेको छ । छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन भन्दै मन्त्रालयले इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई समेत निलम्बन गरेको छ। साथै, ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ।
१४ पौष, काठमाण्डौं - सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। साथै, घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण खर्च नेपाल सरकारले नै व्यहोर्ने भएको छ। ‘मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, उक्त घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने,’ मन्त्रिपरिषद्को निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई…
१४ पौष, भक्तपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याइदिने चेतावनी दिएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डलाई कांग्रेसले नै प्रधानमन्त्री बनाएको र कांग्रेसले नै फेरि त्यहाँबाट हटाउन सक्ने बताएका हुन्। “प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि, प्रचण्डले राम्रो काम गर्न सक्नु भएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने,” उनले भने, “बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ ।” उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे । बालकुमारीमा शुक्रबार भएको घटनाप्रति उनले दुःख व्यक्त गरे । “अहिले…
