Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग

Advertisement

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग।

सिन्धुली । संवाददाता — महिला तथा बालबालिकामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सिन्धुलीमा क्रियाशील विभिन्न महिला संघसंस्थाहरूले सरकारसमक्ष सातबुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत गृह मन्त्रालयसमक्ष बुझाइएको ज्ञापनपत्रमा महिला तथा बालबालिकाको सुरक्षा, सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न, हिंसा तथा बलात्कारका घटनामा शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न र दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिएको छ।

त्यसैगरी पीडितको तत्काल उद्धार, सुरक्षा, उपचार, मनोसामाजिक परामर्श तथा कानुनी सहायता उपलब्ध गराउन, अनुसन्धान र न्याय प्रक्रिया छिटो, निष्पक्ष तथा पारदर्शी बनाउन तथा महिला र बालबालिकाको सुरक्षाका लागि प्रभावकारी नीति, कार्यक्रम र बजेट व्यवस्था गर्न माग गरिएको छ।

महिला मानव रक्षक सञ्जाल सिन्धुलीकी अध्यक्ष बिमला पाण्डेले महिला तथा बालबालिकाको सुरक्षा राज्यको प्रमुख दायित्व भएकाले हिंसामुक्त समाज निर्माणका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सचेतना आवश्यक रहेको बताइन्।

महिला अधिकारकर्मीहरूले ज्ञापनपत्रमा उठाइएका माग कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search