Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८३ भाद्र ८, सोमबार

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग। सिन्धुली । संवाददाता — महिला तथा बालबालिकामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सिन्धुलीमा क्रियाशील विभिन्न महिला संघसंस्थाहरूले सरकारसमक्ष सातबुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत गृह मन्त्रालयसमक्ष बुझाइएको ज्ञापनपत्रमा महिला तथा बालबालिकाको सुरक्षा, सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न, हिंसा तथा बलात्कारका घटनामा शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न र दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिएको छ। त्यसैगरी पीडितको तत्काल उद्धार, सुरक्षा, उपचार, मनोसामाजिक परामर्श तथा कानुनी सहायता उपलब्ध गराउन, अनुसन्धान र न्याय प्रक्रिया छिटो, निष्पक्ष तथा पारदर्शी बनाउन तथा महिला र बालबालिकाको सुरक्षाका लागि…
Read More
२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा

२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा

२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा। नगरकोट / नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीअन्तर्गतको जनसंगठन समन्वय संयन्त्रको आयोजनामा जनसंगठनसम्बन्धी कार्यशाला नगरकोटमा सम्पन्न भएको छ। बागमती प्रदेशअन्तर्गत रहेका विभिन्न जनसंगठनहरूको संगठनात्मक अवस्था, समन्वय, आगामी कार्यदिशा तथा जनसरोकारका विषयमा छलफल गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा बागमती प्रदेशअन्तर्गतका १० जिल्लाबाट २४ वटा जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आ–आफ्ना जनसंगठनको वर्तमान अवस्था, संगठन विस्तारका क्रममा देखिएका समस्या, सदस्यता विस्तार, जनतासँगको सम्बन्ध तथा आगामी कार्यक्रमका विषयमा धारणा राखेका थिए। कार्यशालालाई सम्बोधन गर्दै नेताहरूले पार्टीका जनसंगठनहरूलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए। जनसंगठनहरू पार्टी र जनताबीचको महत्वपूर्ण सेतु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search