Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर मन्दिरमा भक्तजन व्यवस्थापनका लागि अस्थायी स्टिल रेलिङ निर्माण

Advertisement

भीमेश्वर मन्दिरमा भक्तजन व्यवस्थापनका लागि अस्थायी स्टिल रेलिङ निर्माण

भीमेश्वर मन्दिरमा दर्शनार्थीको भीड व्यवस्थापन गर्न अस्थायी स्टिल रेलिङ निर्माण हुँदै

दोलखा ।

दोलखाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिरमा दैनिक रूपमा बढ्दो दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न अस्थायी स्टिल रेलिङ निर्माण कार्य सुरु गरिएको छ।

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको अनुरोध तथा गरूडदल गण चरिकोट, दोलखाको समन्वयमा नेपाली सेनाले मन्दिर परिसरमा फोल्डिङ प्रकारको स्टिल रेलिङ निर्माण गरिरहेको हो।

गरूडदल गणका प्रमुख सेनानी लोक सागर कटुवालका अनुसार शनिबार, मंगलबार तथा दर्शनार्थीहरूको अत्याधिक भीड हुने विशेष अवसरहरूमा मात्र उक्त रेलिङ प्रयोग गरिनेछ। अन्य समयमा रेलिङ हटाएर सुरक्षित स्थानमा राखिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले रेलिङ फोल्डिङ प्रकृतिको भएकाले आवश्यकताअनुसार सजिलै राख्न र हटाउन सकिने बताउनुभयो। उहाँका अनुसार यस व्यवस्थाले दर्शनार्थीहरूको आवतजावतलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

साथै, दोलखा बजार क्षेत्रमा सञ्चालन हुने विभिन्न जात्रा, पर्व तथा धार्मिक–सांस्कृतिक कार्यक्रमहरूमा रेलिङका कारण कुनै अवरोध नपुग्ने गरी व्यवस्थापन गरिएको सचिव श्रेष्ठले स्पष्ट पार्नुभयो।

मन्दिर परिसरमा निर्माण भइरहेको यो अस्थायी संरचनाले विशेषगरी भीडभाडका समयमा भक्तजनहरूको सुरक्षा तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

जन द्वाल्खा जिन दकेईकाे अध्यक्ष एब सामाजिक अभियानता नरेन्द्र श्रेष्ठ भनाइ याे ऐतिहासिक क्षेत्र हाे कुनै हाल्तमा हटाउनु पर्छ भने अवाज छ। अरू कसै कसैकाे

भनाइ यस्तो  शनिबार मंगलबार चार पर्बमा दर्शन गर्नु गार्‍हो भएको हुनाले राम्रो छ भन्नु हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search