भीमेश्वर मन्दिरमा भक्तजन व्यवस्थापनका लागि अस्थायी स्टिल रेलिङ निर्माण भीमेश्वर मन्दिरमा दर्शनार्थीको भीड व्यवस्थापन गर्न अस्थायी स्टिल रेलिङ निर्माण हुँदै दोलखा । दोलखाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिरमा दैनिक रूपमा बढ्दो दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न अस्थायी स्टिल रेलिङ निर्माण कार्य सुरु गरिएको छ। दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको अनुरोध तथा गरूडदल गण चरिकोट, दोलखाको समन्वयमा नेपाली सेनाले मन्दिर परिसरमा फोल्डिङ प्रकारको स्टिल रेलिङ निर्माण गरिरहेको हो। गरूडदल गणका प्रमुख सेनानी लोक सागर कटुवालका अनुसार शनिबार, मंगलबार तथा दर्शनार्थीहरूको अत्याधिक भीड हुने विशेष अवसरहरूमा मात्र उक्त रेलिङ प्रयोग गरिनेछ। अन्य समयमा रेलिङ हटाएर सुरक्षित स्थानमा राखिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।…
