२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताएका हुन् । उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताए । ‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ (जनयुद्ध) नै हो, प्रचण्डले भने । प्रधानमन्त्रीले भने – ‘त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठ्छ…
कात्तिक २२, काठमाडौँ । नेकपा (एमाले) ले भूकम्प प्रभावितहरूलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको सचिवालयको बैठकले राहत वितरणमा ढिलाइ भएको र प्रभावकारी नभएको गूनासो आएको भन्दै यसलाइ चुस्त बनाउन सरकारलाइ अनुरोध गरेको हो । यस्तै एमालेले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न जिल्ला कमिटीहरुलाइ निर्देशन आग्रह गरेको छ । बुधबार दिउँसो बसेको सचिवालयको बैठकले माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठ मसान्तभित्र गरिसक्ने गरी समयसीमा बढाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियानका कारण माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठसम्म गर्ने गरी समयसीमा बढाउने निर्णय गरिएको उनले…
कात्तिक २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार बसेको सचिवालय बैकठमा अध्यक्ष ओलीले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए । ‘मुलुकमा विगतदेखि नै राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्, एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए । ‘मुलुकमा विगतदेखि नै राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्, एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए ।…
कात्तिक २१, काठमाडौँ । १२ बुँदे समझदारीका पक्षधर दलहरुले गणतन्त्रप्रति प्रतिबद्ध रहनुपर्ने अठोट व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बोलाएको सर्वदलीय बैठकमा उनले देशमा अराजकता फैलन सक्ने खतरा देखिएको भन्दै अब गणतन्त्रका पक्षधरहरु एकढिका हुनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डको भनाइमा अन्य दलका प्रतिनिधिले सहमति जनाउँदै गणतन्त्रको पक्षमा प्रतिवद्ध रहेको बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीले विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको, जसलाई जे मन लाग्छ, त्यही भन्न थालेको बताएका थिए । आफूहरुले संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएको तर केही साना फोर्सले समाज बिगार्ने काम गरिरहेको भन्दै अब गणतन्त्रको…
कात्तिक २१, काठमाडौँ । नेपाली काँग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व प्रदेश र स्थानीय सरकारलाई दिन संघीय सरकारलाई दिन सुझाब दिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेसले संघीय सरकारले अनुगमन र सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो । तर राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व गर्ने प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव दिएको हो । राहत र उद्धार कार्यक्रममा सहयोग गर्न पनि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु र संघ, संस्थाहरुलाई अपिल गर्न पनि सरकारलाई सचेत पनि गराइएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । प्रभावित…
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न आदेश गरेको छ ।…
काठमाडौँ । ‘नेपालमा मार्क्सवादका आधारमा जीवन दर्शन निर्धारण गर्दा ब्रम्हाणवाद सँग सङ्घर्ष गर्नु परेको’ माओवादी केन्द्रका नेता राम कार्कीले बताउनु भयो– ‘ब्रम्हाणवादको सिकार, नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्यो । त्यही संस्कारको आधारमा विभिन्न कम्युनिस्ट नेताहरूमाथि आक्रमण सुरु भयो । ब्रम्हाणवादको संस्कृति हाबी हुँदै जाँदा यस प्रकारको स्थिति सिर्जना भएको हो ।’ ज्ञानशाला अनुसन्धान केन्द्रले नयाँबजारस्थित आफ्नो कार्यालयमा आश्विन ७ गतेका दिन मार्क्सवाद र जीवन दर्शन विषयक अन्तरक्रिया कार्यक्रममा नेता कार्कीले ‘बाम्हाणवादले जनसङ्ख्याको ठुलो हिस्सालाई अछुत बनायो । तर त्यसरी त्यो बनाउने वालाको पनि अमानवीय करण भएको’ बताउनु भयो । ‘मार्क्सवादमाथि धेरै बहस र प्रश्न उठेपछि नै मार्क्सवादको अझ वैज्ञानिक रूपले…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले अहिले देशको राजनीतिमा तीन वटा खतरा भएको बताउनुभयो । २०८० भदौ १६ गते शनिवार “यो हो टेलिभिजन” मा पत्रकार जीवराम भण्डारीसँग कुरा गर्दै वहाँले सो धारणा राख्नुभएको हो । महामन्त्री सिंहले भन्नुभयो, 'पहिलो खतरा, प्रतिगमनको खतरा हो । त्यो राजतन्त्रको खतरा हो ।' टेलिभिजन पत्रकारसँग कुरा गर्दै वहाँले बताउनुभयो, 'नेपाली जनताले लामो समय सङ्घर्ष गरेर नेपालमा राणा शासन खतम पारे । निरङ्कुश पञ्चायती शासन खतम पारे । राजतन्त्र खतम पारे । तर प्रत्येक देशको इतिहासमा हामी यो पाउँछौँ , एक पल्ट सत्ताच्यूत भएपछि प्रतिक्रियावादी शक्तिहरू फेरि सत्तामा आउने प्रयास गरिराखेका हुन्छन् । त्यो प्रयत्न नेपालमा…
काठमाडौँ । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेसँगै देश आन्दोलित भएको छ । अर्थमन्त्री प्रकाश शरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात् परियोजना कार्यान्वयन सुरु भएको हो । कार्यान्वयन सम्झौताका लागि एमसीसीको सम्झौता कार्य सञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मङ्गलवार नेपाल आइपुगेका छन् । कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र परियोजना सक्नुपर्ने हुन्छ । यस हिसाबमा यो परियोजना ०८५ सालको भदौ १२ (२९ अगस्ट ०२८) भित्र सम्पन्न गरिसक्नुपर्ने छ ।एमसिसी सम्झौता गलत भएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एम.सी.सी. जस्तो सम्झौतालाई ध्वनि मतले पारित गर्नु गलत भएको बताउनुभएको छ ।…
