काठमाडौँ, ८ मङ्सिर । नेपाल सुपर लिग आजबाट सुरु हुदैँछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै छ । जस अन्तर्गत कुल ४० खेल हुनेछन् । आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौँ र इलाम आमुने सामुने हुनेछन् । सुपर लिगको दोस्रो संस्करणको नवप्रवेश टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ भने उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौँले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।
काठमाडौँ, ७ मङ्सिर । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ । अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवान्डा र तान्जानिया सहभागी रहेका छन् । अब जिम्बाबेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ…
काठमाडौँ, ७ मङ्सिर। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आज पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबिच खेल हुँदै छ । यो खेल बिहान ११ बजेदेखि पोखरा रङ्गशालामा हुँदै छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख,…
काठमाडौँ, ६ मङ्सिर । क्रोएसिया युरोकप २०२४ मा छनौट भएको छ । मङ्गलवार राति सम्पन्न समूह डी अन्तर्गतको खेलमा अर्मेनियालाई १-० गोल अन्तरले पराजित गर्दै क्रोएसिया युरोकपमा छनौट भएको हो । क्रोएसियाको जितमा खेलको ४३औँ मिनेटमा आन्ट बुडीमिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि क्रोएसियाको समूह डी मा ८ खेलमा १६ अङ्क भएको छ र समूह उपविजेता हुँदै युरोकपमा छनौट भएको छ । यस समूहबाट समूह विजेता हुँदै टर्की युरोकपमा छनौट भएको छ । यो सँगै अब प्लेअफबाट छनौट हुने तीन देश बाहेक युरोकपमा खेल्ने २१ को टुङ्गो लागेको छ । युरोकप २०२४ को…
मंसिर ६, काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो । विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वे विरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ । ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो । तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए । विश्वकप छनोटमा ब्राजिल पहिलो पटक घरेलु मैदानमा…
काठमाडौं, ५ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज हुने यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । यसअघि चोटका कारण युएईविरुद्धको खेल गुमाएका डिफेन्डर अनन्त तामाङ टिममा फर्किएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने यो खेल आज साँझ ७ बजेदेखि सुरु हुनेछ । यसअघि, छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले युएईसँग ४- ० गोल अन्तरले पराजित भएको थियो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’मा छ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् । नेपाली टिम गोलकिपर: अभिषेक बराल,…
काठमाडौँ, ५ मङ्सिर । युरोकप २०२४ मा कुल २० देश छनौट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनौट खेलबाट अब एक देश छनौट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् । अब समूह डी बाट समूह चरणका अन्तिम खेल आज राति सकिए पछि आयोजकसहित युरोकपका २१ देश छनौट हुने छन् । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदैँछ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका…
मंसिर ५, काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो । नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो । सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले…
मंसिर ४, काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो । नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो । सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा बोल्दै नेपाली…
मंसिर ४, काठमाडौं । बलिउड अभिनेता शाहरूख खानले विश्वकप क्रिकेटमा भारत पराजित भए पनि टिमको प्रशंशा गरेका छन् । गए राती सम्पन्न फाइनल खेलमा ६ बिकेटले अष्ट्रेलियासँग भारत पराजित भए पछि अभिनेता खानले ‘दिन खराब’ भएको पनि जनाएका छन् । ‘भारतीय टोलीले यो पूरै टूर्नामेंट जसरी खेलेको छ, त्यो सम्मानको कुरा हो र उनीहरूले ठूलो भावना र दृढता देखाए,’ शाहरूख खानले भनेका छन, ‘यो एक खेल हो र त्यहाँ सधैं एक वा दुई दिन खराब हुन्छन्, दुर्भाग्यवश यो आज भयो ।’ उनले खेलाडीहरूलाइ हौसला दिदैँ भनेका छन, ‘तर क्रिकेटमा हाम्रो खेलकुद विरासतमा हामीलाई गर्व गर्नको लागि टीम इंडियालाई धन्यवाद, तपाईंले…
