अघिपछि आरोप–प्रत्यारोपमा रहने पार्टीहरू भ्रष्टाचार र एकले अर्कोलाई बचाउनमा प्रायः एकजुट देखिन्छन् नेपालमा भ्रष्टाचारको कारण सुशासनको अभाव र दण्डहीनता भयावह गतिमा बढिरहेको कुरा अन्तर्राष्ट्रिय वित्तीय संस्था र विकासका साझेदार मुलुकले चेतावनी र सहायताको सर्तका रूपमा बारम्बार औँल्याइरहेका छन् । अर्कातिर देशभित्रचाहिँ सत्ताधारी र त्यसका ताबेदार वृत्तको मान्यतामा भ्रष्टाचार अब शिष्टाचार हुन थालेको छ । भ्रष्टाचारका अनेक आयाम र रूपले मुलुकलाई थिलथिलो बनाउँदै लगेको छ । अखबारका पाना दिनहुँ भ्रष्टाचारका समाचारले रंगिरहेका छन् । सामाजिक सञ्जालमा आक्रोश देखिन्छ । तर, सत्ता सञ्चालकहरू भ्रष्टाचार र बेथितिका संरक्षक र सेवक भएर विराजमान छन् । सार्वजनिक रूपमा मञ्चबाट गर्ने भाषण वा टेलिभिजनका अन्तर्वार्तामा व्यक्त गरिएका आदर्श जति नै कर्णप्रिय हुन्,…
प्रशासकीय संघीयता कार्यान्वयन गर्ने दायित्व पहिलो राजनीतिको हो, त्यसपछि मात्र कर्मचारीको हो नेपालको कर्मचारीतन्त्र धेरै कुराबाट आलोचित हुँदै आएकोमा अहिले उसले संघीयता कार्यान्वयनमा पनि नसघाएको आरोप खेपिरहेको छ । राजनीतिक दलहरू राजनीतिक रूपमा संघीयताको कार्यान्वयनमा आफूहरूले कुनै कसर बाँकी नराखे पनि कर्मचारीतन्त्रका कारण प्रदेश तथा स्थानीय तहले काम गर्न नसकेको भनिरहेका छन् । कर्मचारीको काम नगर्ने, खटाएको ठाउँमा नजाने, जनप्रतिनिधिलाई उचित मान–मर्यादा नगर्ने, विभिन्न बहानामा राजधानी जाने प्रवृत्तिले बजेट कार्यक्रम कार्यान्वयन र नागरिक सेवा वितरणमा बाधा पुुग्न गई संघीयता भनेको खराब कुरा रहेछ भन्ने भाष्य निर्माण हुन थालेको छ । कर्मचारीले संघीयता बुुझेकै छैनन्, केन्द्रीकृत भावनाले संघीयता सफल हुँदैन भन्ने राजनीतिको बुुझाइ छ । उता…
२ पुस, काठमाण्डौं - नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयू १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जितेका छन् । रोयल कोलकाता गल्फ क्लबमा म्याच–प्ले फर्म्याटमा खेलिएको ३६–होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे । पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता हुन्, सुवास । सन् १८९२ मा सुरुआत भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली…
२ पुस, काठमाण्डौं - फ्रेञ्च लिग वानमा पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ। यसअघि लगातार ८ खेलमा जित निकालेको पिएसजी नवौं खेलमा लिलसँग १-१ गोलको बराबरीमा रोकियो। लिलका जोनाथन डेभिडले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दा पिएसजी बराबरीमा रोकिन बाध्य भएको हो। त्यसअघि खेलको ६६ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पिएसजीले खेलमा अग्रता लिन सफल भएको थियो। लुकास हर्नान्डेजलाई बाफोडे डियाकाइटले फाउल गरेपछि एमबाप्पेले आफ्नो १६औं खेलमा सिजनको १६औं लिग गोल गरे। लिगमा पिएसजी १६ खेलबाट ३७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको निसभन्दा रियल ५ अंकले अघि छ। १२ सिजनमा १०औं फ्रान्सेली उपाधि जित्ने अभियानमा रहेको पिएसजी लिगमा…
२ पुस, काठमाण्डौं - स्पेनिस ला लिगमा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भिल्लारियललाई ४-१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा पुगेको हो। रियलका लागि बेलिङघमले २५, रोद्रिगोले ३७, डियाजले ६४ र मोड्रिचले ६८ मिनेटमा गोल गरे। भिल्लारियलका मोरालेसले ५४ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो। लिगमा रियलले १७ खेलबाट ४२ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको गिरोनाको ४१ अंक छ। बार्सिलोना ३५ अंकसहित तेस्रो स्थानमा छ।
२ पुस, काठमाण्डौं - इंग्लिस प्रिमियर लिगको लिडर आर्सनलले ब्राइटनमाथि २-० गोलको जित हात पारेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रियल जेससले ५३ र हाभार्ट्ले ८७ मिनेटमा गोल गरे। यता दोस्रो स्थानको लिभरपुल र सातौं स्थानको म्यानचेस्टर युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। तेस्रो स्थानको एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २-१ गोलको जित निकालेको छ भने वेस्ट ह्यामले वुल्भ्सलाई ३-० गोलले पराजित गरेको छ। लिगमा आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको एस्टन भिल्लाको समान ३८-३८ अंक छ। म्यानचेस्टर सिटी ३४ अंकसहित चौथो, टोटेनहम ३३ अंकसहित पाँचौ, न्युकासल २९ अंकसित छैटौं…
२ पुष, ललितपुर — आफू बोल्ने क्रममा आफ्ना कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति असन्तुष्टि जनाएका छन् । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आफ्ना कुरा नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ’ उनले भने, ‘आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’ बालेनले उठाएका विषयको जवाफ दिँदै प्रचण्डले खोला किनारका…
२ पुष, ललितपुर — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त गुनासो गरेका हुन् । उनले काठमाडौँ उपत्यकाका फोहर व्यवस्थापनका लागि कानुनी अड्चन रहेको भन्दै त्यस विषयमा संघ सरकारले कुनै पहल नगरेको उनले आरोप लगाए । कार्यक्रममा केही काम गर्न खोज्दा मुद्दा हाल्ने र पाँचदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको गुनासो उनले गरे । ‘बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्रीसँग आग्रह गर्छु । प्रधानमन्त्री र मन्त्रीहरूले चाहेमा…
एमालेले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको १९ दिने मध्यपहाडी संकल्प यात्रा १ पुसमा पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन भएको छ । यात्राको क्रममा अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयाससमेत भयो । यसै पृष्ठभूमिमा एमालेको ‘संकल्प यात्रा’, राष्ट्रिय राजनीति, सरकार, दलहरूले चलाइरहेको ‘मिसन ८४’लगायतका विषयमा महासचिव शंकरपोखरेलसँग नयाँ पत्रिकाका शुरोजंगपाण्डेले गरेको कुराकानी : सुदूरपश्चिम बैतडीको झुलाघाटदेखि पूर्वको पाँचथरको चिवाभन्ज्याङसम्मको १९ दिने मध्यपहाडी संकल्प यात्रामा एमालेले जनताका प्रमुख सरोकार र समस्याहरूलाई मूलभूत रूपमा कसरी अनुभूत गरेको छ ? पहिलो, अभियानको विशेषताबारे प्रकाश पारेपछि तपाईंले खोजेको प्रश्नको जवाफमा प्रवेश गर्छु । हामीले मंसिर १४ देखि वैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डा फहराएर अभियानको शुभारम्भ गर्यौँ । विभिन्न ठाउँमा सभा आयोजना…
२ पुष, काठमाण्डौं — चिनियाँ जनकङ्ग्रेसको निमन्त्रणामा सोमबार एकैपटक १७ सांसद चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ जनकङ्ग्रेसको निमन्त्रणा, वाणिज्य मन्त्रालय चीनको संयोजन र एकेडेमी फर इन्टरनेशनल बिजनेस अफिसियलको आयोजनामा पुस ४ गतेदेखि १३ गतेसम्म चीनको राजधानी बेइजिङमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन १७ सांसद सहित ३ कर्मचारी चीन लागेका हुन । माओवादी संसदीय दलका नेता हितराज पाण्डेको नेतृत्वमा एयर चाइनाको विमानबाट सांसदहरूको टोली चाइना उडेको हो । चीन भ्रमणमा जाने टोलीमा सांसद पाण्डेको साथमा प्रतिनिधिसभाका सांसदहरू सरस्वती वजिमय, कुसुमदेवी थापा, युवराज शर्मा, दामोदर पौडेल वैरागी, मानवीर राई, रुकमणि राना बराइली, रामनाथ अधिकारी, नारायणी शर्मा, जगप्रसाद शर्मा, मेटमणि चौधरी, सन्तोष…
