Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेकपा (एकीकृत समाजवादी) ले स्थगित गर्यो सबै जिल्ला अधिवेशन

Advertisement

३ पुस, काठमाण्डौं – नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरु स्थगित गरेको छ । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी गराए ।

उनले भने, ‘कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था छ । महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकोले माघ १४ र १५ गते बस्ने एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय भएको छ,’ ।

उनले बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने, केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा पनि छलफल भइरहेको बताए ।

‘छलफलको केन्द्रविन्दु केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? निर्वाचनको विधि कसरी गर्ने ? प्रत्यक्ष निर्वाचन गर्ने कि महाधिवेशन हलबाट, प्रतिनिधिबाट । महाधिवेशनबाट केन्द्रीय परिषद् छानेर, केन्द्रीय परिषद्ले केन्द्रीय कमिटीको निर्वाचन गर्ने, केन्द्रीय कमिटीले पदाधिकारीको निर्वाचन गर्ने हो कि ? भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘संगठनको संरचनालाई कसरी लैजाने भन्ने बारेमा पनि छलफल भइरहेको छ । विधानमा ७० वर्षको उमेरको सीमा तोकेका थियौं । यो विषयमा पनि कसरी अघि बढ्न र सबै खालका उमेर समूहलाई समेटेर सबैलाई मिलाएर लैजाने छलफल भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न। दोलखा । अभयपुर नगरीमा महिलाको नेतृत्व, सहभागित...
एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search