इस्तानबुल, ११ कार्तिक । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन् । हमास–इजरायल युद्धको २२ औँ दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउँदै प्यालेस्टाइन माथि आक्रमण रोक्नु पर्ने जनाएका छन् । राष्ट्रपति एर्डोगानले इजरायललाई गाजा पट्टीबाट तत्काल बाहिर आउनु पर्ने र आफ्नो पागलपनको अवस्थाबाट बाहिर निस्कनु पर्ने उनको भनाई छ । उनले गाजापट्टीमा भएको आक्रमण बन्द गर्नका लागि आह्वानसमेत गरेका छन्। ‘गाजामा इजरायली बमबारी, जुन हिजो राती तीव्र भयो, फेरि महिला, बालबालिका र निर्दोष नागरिकहरूलाई लक्षित गरी मानवीय सङ्कटलाई गहिरो बनाएको छ,’ उनले भने।
निनु चापागाईँ अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो संस्कृतिका सम्बन्धमा खोजीनिती गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषा भाषी भएका सबै मुलुकमा यस्तो विशेषता नपाइने होइन । तर नेपालको हकमा भने यो विशेषतालाई अद्वितीय नै भन्न सकिन्छ । किनभने नेपालमा एक सयभन्दा बढी भाषाहरू बोलिन्छन् र साठीभन्दा अलि धेरै जातिहरूको बसोबासो छ । नेपालमा आठभन्दा बढी धर्मावलम्बीहरू रहँदै आएका छन् र ती सबैको आ-आफ्नै विशिष्ट संस्कृति छ । तिनमा आ-आफ्नै खालका चाडबाडहरू पनि चलनमा छन् । यसरी हेर्दा नेपाल संस्कृति र चाडबाडका दृष्टिले असाध्यै समृद्ध छ र त्यसमा विविधता पनि पर्याप्त छ । तर नेपालका…
खोटाङ, ११ कार्तिक । खोटाङमा चिर्पटले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान् दावाले ३६ वर्षीय श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । श्रीमान् दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ, ११ कार्तिक । आजको लाग्ने चन्द्रगहण नेपालभरिबाट देखिनेछ । चन्द्रमाको कुल ६ प्रतिशत भू भाग ओगट्ने चन्द्र ग्रहण मध्यरातमा सुरु हुनेछ । नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्र ग्रहण सुरु हुनेछ । उनका अनुसार उक्त खण्डग्रास चन्द्र ग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ भने राती २ बजे मात्रै त्यसको अनुभव गर्न सकिनेछ । यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात् शनिवार राति १ बजेर २० मिनेटबाट हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।
न्युयोर्क, ११ कार्तिक । आज हमास-इजरायल सङ्घर्षको २२ औँ दिन हो। यस युद्धमा अहिलेसम्म इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ७,३२६ पुगेको छ । त्यसरी मृत्यु हुनेमा ४०% बालबालिका रहेको डब्लुएचवोले बताएको छ । संयुक्त राष्ट्र सङ्घ, समस्याको समाधान खोजिरहेको छ तर सो प्रयास प्रति प्यालेस्टाइन र इजरायल विभाजित भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव हालै पारित गरिएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्ध विरामको आह्वान गरिएको छ। यो प्रस्तावको पक्षमा नेपालको सहित १२० राष्ट्रले पक्षमा मतदान गरेका थिए भने विपक्षमा इजरायलसहित १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले भने मतदान प्रक्रियामा सहभागी नै…
काठमाडौँ, कार्तिक ११ । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । घोषणा गरिएको टिममा पूर्व कप्तान सन्दीप लामिछानेलाई पनि समेटिएको छ । एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौँको कीर्तिपुर र मुलपानीमा हुनेछ । नेपाल क्रिकेट सङ्घले रोहित पौडेलको नेतृत्वमा शनिवार नेपाली टोली घोषणा गरेको हो। टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ टोलीलाई दुई समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ए मा मलेसिया, ओमन र सिंगापुर छन्। त्यस्तै, समूह…
लिस्वन, अमेरिका, ११ कार्तिक । अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन । लिस्वनको मेन सहरमा भएको गोली काण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन । सिएनएनका अनुसार गत बुधवार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रवार मृत अवस्थामा फेला परेका छन । सिएनएनका अनुसार उनले आफैले गोली हानेको अवस्थामा भेटिएका थिए । समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जङ्गलमा फेला परेको थियो, जहाँबाट बुधवार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो । उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माइल…
* सुगिता शाह लखतरान जिन्दगी बोकेर हिँडेका गोडाहरू, सलबलाएका हातहरू, बरबराएका अनिदा रातहरू सयर गरिरहेछन् । हमासका बङ्करहरूमा । रात लम्पसार छ दिन लठेब्रो छ साँझ टोलाएको छ । बिहानी ले झकझकाएको छ चिलगाडीमा सपना सयर गरिरहे छ । जुवाको दाउमा नागरिकता छ गिज्याई रहेछ मनुवालाई देश ठुलो की गोजी ? घर ? होइन पाठेघर रित्तो हुने भो बारी ? होइन कोख बाँझो हुने भो । ऊ रित्तो भए पछि सौदाबाजी हुन्छ बेचबिखन चल्छ न्याय, अस्मिता , आत्मसम्मान र मुटु ,कलेजो पहिचान र देशको फुत्त झर्छन् एक थान पिडा एक थान अभाव अनेक थान सपना अनगिन्ती रहर एक हुल जिम्मेवारी…
काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेटघाट भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच कुराकानी भएको छ ।
