सिन्धुलीमा आँखा उपचार सेवा विस्तारः तिलगंगा आँखा प्रतिष्ठान र रेडक्रसबीच औपचारिक सम्झौता सम्पन्न सिन्धुली जिल्लामा आँखा उपचार सेवा विस्तार र अन्धोपन निवारण कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा बीच काठमाडौंमा औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौता समारोहमा नेपाल आँखा कार्यक्रम, तिलगंगा तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले सहभागी हुनुहुन्थ्यो। उहाँले सिन्धुलीमा आँखा उपचार सेवा र अन्धोपन निवारणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा उहाँले बताउनुभयो कि तिलगंगा आँखा प्रतिष्ठान र सिन्धुली रेडक्रसबीचको समन्वय र व्यवस्थापनमा सभापति अशोक श्रेष्ठको सक्रिय भूमिका रहनेछ, जसले दुर्गम र ग्रामीण क्षेत्रका सेवाग्राहीलाई गुणस्तरीय…
