Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्राचीन नगरी दोलखामा पाँचदिने भैरव–कुमारी जात्रा सुरु हुँदै।

Advertisement

प्राचीन नगरी दोलखामा पाँचदिने भैरव–कुमारी जात्रा सुरु हुँदै।

दोलखा । प्राचीन तथा ऐतिहासिक नगरी दोलखामा परापूर्वकालदेखि निरन्तर सञ्चालन हुँदै आएको भैरव–कुमारी जात्रा यस वर्ष पनि पाँच दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाइने भएको छ।

परम्परादेखि चलिआएको यस जात्राका क्रममा भैरव तथा कुमारीको विशेष पूजा–आराधना गरी ऐतिहासिक तथा धार्मिक महत्व बोकेका टोलहरूमा परिक्रमा गराइनेछ। जात्राले दोलखाको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

भिमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले जात्राका क्रममा ऐतिहासिक टोलहरूमा परिक्रमा गरिने जानकारी दिँदै जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन वडा कार्यालयले आवश्यक तयारी अघि बढाएको बताउनुभयो।

त्यस्तै, पिङ्गल गुठीयार राकेश प्रधानले भैरव–कुमारी जात्राको दर्शन तथा सहभागिताका लागि देश–विदेशमा रहेका भक्तजनलाई प्राचीन नगरी दोलखा आउन हार्दिक अनुरोध गर्नुभएको छ।

जात्रालाई लक्षित गर्दै वडा कार्यालयको तर्फबाट उज्यालो तथा बत्तीको व्यवस्था र सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचारसमेत गरिसकिएको जनाइएको छ। जात्राका क्रममा भक्तजनको सहज आवतजावत तथा सुरक्षालाई विशेष प्राथमिकता दिइने बताइएको छ।

धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको भैरव–कुमारी जात्रामा दोलखा जिल्लावासी तथा अन्य जिल्लाबाट आउने सम्पूर्ण भक्तजनलाई सहभागी भई जात्राको दर्शन तथा अवलोकन गर्न वडा कार्यालय र गुठीयारहरूले हार्दिक आमन्त्रण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search