Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

Advertisement

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभएको छ।

जिल्ला निर्वाचन कार्यालय दोलखाले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्वाचन अधिकारी श्रेष्ठले मतदाता नामावलीसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी असोज महिनाको अन्तिमसम्म नामावली प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार मतदाता नामावलीमा समावेश भएका नागरिकको विवरणलाई अद्यावधिक तथा यकिन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ। नाम, थर, ठेगाना, उमेरलगायत विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित प्रक्रिया पूरा गरी सच्याउन सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो।

निर्वाचन अधिकारी श्रेष्ठले आगामी निर्वाचनलाई व्यवस्थित, पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन मतदाता नामावलीको शुद्धता महत्वपूर्ण हुने बताउँदै नामावलीमा नाम समावेश भएका सबै नागरिकले आफ्नो विवरण यकिन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले योग्य नागरिकको मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा नाम समावेश भए/नभएको विषयमा स्वयं नागरिक सचेत हुनुपर्ने बताउनुभयो। साथै, नामावलीमा आफ्नो विवरण छुटेको वा विवरणमा कुनै त्रुटि रहेको पाइएमा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गर्नुभयो।

पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन कार्यालयले जिल्लामा सञ्चालन भइरहेका मतदाता नामावलीसम्बन्धी गतिविधि, आगामी निर्वाचनको तयारी तथा कार्यालयबाट भइरहेका कामबारे पत्रकारहरूलाई जानकारी गराएको थियो।

श्रेष्ठले निर्वाचनसम्बन्धी सूचना तथा गतिविधिलाई नागरिकसम्म सही र तथ्यपरक रूपमा पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउँदै निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतबाट प्राप्त तथ्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरूले मतदाता नामावली प्रकाशन, अद्यावधिक प्रक्रिया, नागरिकको सहभागिता तथा निर्वाचन तयारीसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राखेका थिए। निर्वाचन कार्यालयका तर्फबाट पत्रकारहरूका प्रश्न तथा जिज्ञासामाथि आवश्यक जानकारीसमेत दिइएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search