Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रलेसको स्थापना दिवसमा स्रष्टाहरु सम्मानित हुने 

Advertisement

काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ७२औँ स्थापना दिवसमा विभिन्न स्रष्टाहरू सम्मानित हुने भएका छन् । आगामी आश्विन ५ गते नपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा दिउँसो ११ बजेबाट हुने सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका संस्कृति तथा नागरिक उड्डयन मन्त्री सूदन किराँती हुने जानकारी हुन आएको छ । 

वि.सं.२००९ साल आश्विन ५गते स्थापना भएको सङ्घले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्ने गर्दछ । यो वर्ष पनि नेपाली वाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुराएका विभिन्न स्रष्टाहरु लाई सम्मानित गर्न लागिएको सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीले बताउनु भयो । पुरस्कृत हुनेहरूमा श्यामप्रसाद शर्मा स्मृति पुरस्कारबाट कवि कुन्ता शर्मा, प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार नरेश भण्डारी, प्रलेस युवा पुरस्कारबाट साहित्यकार गुरुप्रसाद कुमाल ‘बुलबुल’ र प्रलेस बाल साहित्य पुरस्कारबाट प्रा.डा.कपिल लामिछानेलाई सम्मानित गर्न लागिएको अध्यक्ष गिरीले बताउनुभयो । 

स्थापना दिवसकै अवसरमा सङ्घको २८औ अङ्क, अन्तरवार्ता विशेषाङ्क समेत विमोचन गरिने महासचिव डा.देवी दुलाल क्षेत्रीले बताउनुभयो । स्थापना दिवस सफल पार्न देशभरिबाट लेखक तथा साहित्यकारहरू राजधानी आएको समेत वहाँले जानकारी गराउनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search