Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

विद्यार्थीको क्षमता विकास गर्न नौलो कार्यक्रम

Advertisement

भैरहवा, १७ असोज । विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्दै सहकार्यको भावना मै रही आफैमा प्रतिस्पर्धात्मक बनाउन भैरहवामा आठौँ हब सम्मेलन भएको छ ।

क्वेस्ट नेपाल सिद्धार्थ हबको आयोजनामा स.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औँ सम्मेलन भैरहवाको श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा भएको हो ।

देशभर विभिन्न निजी क्षेत्रका विद्यालयहरूको सहभागितामा २५ वटा हब रहेकोमा नेपालकै एक मात्र सामुदायिक विद्यालयहरूको सक्रियतामा सिद्धार्थ हब गठन भएको छ । १० वटा सामुदायिक विद्यालय रहेको सिद्धार्थ हब अन्तर्गतका ६ वटा विद्यालयको विद्यार्थीको सहभागितामा सम्मेलन भएको छ ।  विद्यार्थीहरूको शैक्षिक महोत्सवको रूपमा रहेको एस.क्यु.सी.(विद्यार्थी गुणीय चक्र) सम्मेलनमा पर्यवेक्षकको रूपमा रुपन्देहीका ३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतिस्पर्धात्मक यो सम्मेलनमा सहभागी विद्यालयहरूबाट २ सय ३६ जना विद्यार्थीले भाग लिएको क्वेस्ट नेपाल सिद्धार्थ हवका संयोजक रवि राज काफ्लेले जानकारी दिए ।

एस.क्यु.सी.अन्तरगत विद्यार्थीहरूको स-साना समूह बनाई जसले विद्यार्थीका समस्या छनौट गरी समस्याका कारण, मूल जरा, पत्ता लगाई समूहमा मिलेर समस्या समाधानका उपायहरू आफै एवम् अरूको सहयोगमा पहिल्याउने र ती समस्या समाधान गर्न सकुन् भन्ने कार्यक्रमको उद्देश्य हो । सम्मेलनमा हाजिरी जवाफ, हिज्जे, कथा लेखन, चित्रकला, कोलाज लगायतको विधामा प्रतियोगिता गराइएको आतिथ्य विद्यालय श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयका प्राचार्य रूप कुमार रायमाझीले बताए ।

सम्मेलनले विद्यार्थीहरूमा सहकार्यको भूमिका अभिवृद्धि हुनुका साथै प्रतिस्पर्धा भन्दा समन्वयको भावना जागृत हुने बताए । विद्यालय विद्यालय भन्दा पनि सबै विद्यालयको विद्यार्थीहरूलाई सम्मिलित गराई समूह समूहमा प्रतियोगिता गराइएकोले प्रभावकारी रूपमा विद्यार्थीहरूको क्षमता विकासका साथै सृजनशील र राष्ट्रिय रूपमा प्रतिस्पर्धात्मक हुने बताए ।

कक्षा ४ देखि १० कक्षा सम्मको विद्यार्थीहरूको सहभागिता हुने क्वेस्टमा १० जना सम्मको समूह विद्यार्थी आफैले बनाई आफ्ना वरिपरि भएका समस्याको वैज्ञानिक अनुसन्धानात्मक विधि प्रयोग गरेर समाधान गराइन्छ । रुपन्देहीमा २०७८ साल देखि स्थापना भई पहिलो वर्ष शान्ति नमुनामा सम्मेलन भइसकेको छ भने दोस्रो लीलाराम माविमा भएको सिद्धार्थ हबका सचिव प्रकाश चापागाईँले जानकारी दिए । दश जना मास्टर प्रशिक्षकहरूले सम्मेलनमा निर्णायकको भूमिका रहेको थियो ।

सम्मेलनमा सहभागीहरू मध्येबाट छनोट भई आगामी मङ्सिर ८ गते देखि चितवनमा हुने राष्ट्रिय सम्मेलनमा भाग लिन पाउने छन् । देशभरका २५ ओटा क्षेत्रबाट छानिएका विद्यार्थी प्रतिनिधि यसमा सहभागी छन् । सम्मेलनमा विद्यालयका प्रतिनिधिले आफ्ना विद्यार्थीको गुणीय चक्रमार्फत गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने छन् । यस्तै उनीहरूले कसरी समस्याको पहिचान, विश्लेषण र समाधान गरे र उनीहरूले आफ्नो व्यक्तित्व विकास तथा विद्यार्थीको गुणीय चक्रबाट अन्य फाइदा के–के पाए भन्नेबारे देखाउने छन् ।

सम्मेलनमा विद्यार्थीहरूले विभिन्न गतिविधिमा भाग लिने बताइएको छ । विद्यार्थीहरूले कोलाबोरेटिभ कोलाज, चित्रकला, कथा लेखन, हिज्जे प्रतियोगिता, हाजिरी जवाफ, प्यानल डिस्कशन, मनसा स्मृति सर्वगुण व्यक्ति अवार्ड लगायतमा सहभागी हुनेछन् । त्यस्तै, विद्यार्थीहरू विज्ञानसम्बन्धी कार्यशाला, मोडल मेकिङ, स्पोकन वर्ड पोइट्री, फोटोग्राफी, खेल तथा गीत, समूह कार्य, जुम्बा नृत्य, योग तथा ध्यान आदि कार्यक्रममा पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी ...
सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search