Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पिटरको ‘बकपत्र’ सार्वजनिक

Advertisement

काठमाडौँ, २२ असोज । लेखक एवं स्वतन्त्र वामपन्थी नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र सङ्घर्ष’ प्रकाशित भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो। किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह-अवरोह लेखेका छन्।

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान् पात्र भएको बताए। ‘यो किताब निष्ठावान् व्यक्तिको बकपत्र हो। समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ। अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताबमाथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौँ र आर्थिक रूपमा पनि उनी समृद्ध हुन्थे।’ यसै गरी समीक्षक विन्दु शर्माले युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा उतारेका बताइन्। उनले भनिन्, ‘अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुराना/नयाँ तस्बिर किताबमा लेखेका छन् पिटरले।’

पूर्व प्रशासक शारदाप्रसाद त्रितालले लेखक नरेन्द्रजंगको किताब एक बुद्धिजीवीको इमानदार आत्मकथात्मक बकपत्र भएको बताए। ‘पूरै किताब पढिरहँदा यो एक कम्युनिस्टले लेखेको गैर आख्यानजस्तो लाग्दैन’, त्रितालले भने, ‘कम्युनिस्टभित्रका विकृतिको व्यापक आलोचना उनका किताबमा छन्।’

जीवन स्वयं एउटा महाआख्यान भएको बताए लेखक पिटरले। ‘प्रत्येकको जीवन विश्वविद्यालय हो,’, उनले भने, ‘यो किताब मेरो जीवनको एक बकपत्र हो। मलाई ठक्करको दर्शन सिकाएकोको छ, दगुर्न नसके पनि हिँड्न सिकाएकोमा जिन्दगीलाई धन्यवाद।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search