शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा

Advertisement

 

विशाल बस्नेत

महोत्तरी, २८  असोज । नरहरि  गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि  बसमा यात्रारत यात्रुहरूलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सब थोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटेलबाट नै प्रारम्भ गर्ने निधो गरे ।

त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटेल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सब थोक मात्र बनेन गौतम होटेल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्रान्ड नै बन्यो ।

हुन त  हरेक सफलताको पछाडि असफलता, सङ्घर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ ।

गौतमको अहिले धनुषाको लालगढस्थित करिब ५० करोड लगानीमा खुल्दै गरेको चार तारे होटेलसम्मको यात्रामा आइपुग्दा यस्तै अनेकौँ कथाहरूले भरिपूर्ण छन्  ।

निराशा र अनेकाँै असफलताका बाबजुद पनि निरन्तर सङ्घर्ष र धैर्यताले  सफलताको शिखरमा पु¥याएको उनको अनुभव छ  । त्यसैले त उनले बुझेको जिन्दगी के हो भने सफलताको लडाइँमा सङ्घर्ष र धैर्यता नै मुख्य अस्त्र हुन् ।

४४ वर्ष अगाडि बुबा नरहरिले सञ्चालन गरेको सोही होटेल सञ्चालनको अभिभारा काँधमा बोकेर नयाँपनको खोजीमा दौडेका हिराले चार तारे होटेलसम्म आइपुग्दा असङ्ख्य अप्ठ्यारा चुनौतीहरूको अनुभव सङालेका छन् ।

यही अनुभवले बनाएको परिपक्वता नै गौतम होटेल राष्ट्रिय ब्रान्ड बन्यो भने  चार तारे होटेलको रूपमा लाल गढमा अर्को विशाल गौतम होटेलको जन्म  भयो ।

सामान्य  चिया, नास्ता बेच्ने होटेल देशको नै ब्रान्ड बन्ला भन्ने बुबा स्वयंले  परिकल्पना गरेका थिएनन् । ‘छोरा यति धेरै दत्तचित्त भएर लाग्ला र होटेलबाट नै आफ्नो भविष्य बनाउला भन्ने सोचेको नै थिइनँ,’ बुबा नरहरिले भने, ‘मासिक मुस्किलले ५ हजार आम्दानी हुने होटेलमा अहिले दैनिक नै लाखौँ आम्दानी हुन्छ ।’

गौतम होटेलको चर्चा बर्दिबासको चिनारीसँग मात्र जोडिएको छैन होटेलभित्रको हस्पिटालिटी र गुणस्तरीयताले बाह्य र आन्तरिक पर्यटकको आकर्षणलाई ध्यानाकर्षणसमेत गराएको छ ।

मधेस प्रदेशका महत्त्वपूर्ण कार्यक्रमदेखि भिआइपीहरूको रोजाई गौतम होटेल नै बन्नुले पनि हिराको मेहनत र सफलतालाई सङ्केत गर्दछ । ‘हाम्रो होटेलमा देशका शीर्ष नेतादेखि पूर्व राजासम्म बास बसेका छन्,’ हिराले भने, ‘हाम्रो लागि यो पनि गौरव हो ।’

होटेल व्यवसायले हिरालाई यसरी शिखर मा पु¥यायो कि विगतमा यसरी गर्न पाएको भए थप काम गर्न सकिन्थ्यो कि भन्ने गुनासो गर्ने ठाउँ नै रहेन, जस कारण उनलाई सधैँभरि नयाँ गर्न नै हौस्यायो ।

यसैको परिणाम स्वरूप नै चिया नास्ता बेचेर सामान्य जीविकोपार्जन हुँदै आएको होटेललाई ब्रान्ड बनाउनु र सुविधा सम्पन्न शाखाहरू विस्तार गर्नु आफैँमा अनुकरणीय छ ।

७ सय रुपैयाँबाट बुबा नरहरिले खोलेको होटेललाई अर्बैं रुपैयाँको चार तारे होटेल बनाउन हिराले गरेको अथक प्रयास, सङ्घर्ष र मेहनतले होटलमात्र हैन बर्दिबासमा अहिले समग्र गौतम परिवार नै ब्रान्ड बनेको छ ।

सामाजिक कार्यमा आफूलाई उत्तिकै सक्रिय बनाएका हिरा नगर पर्यटन बोर्डको अध्यक्ष हुन् भने होटेल तथा पर्यटन व्यवसायी मधेस प्रदेशका अध्यक्ष पनि हुन् ।

होटेल हबको रूपमा विकास भइरहेको मधेस प्रदेश विशेषसरि बर्दिबासमा मात्र ५० भन्दा बढी ठुलो लगानीमा खुलेका होटलहरु छन् ।

के–के विशेषता छन् चार तारे होटेलको ?

धनुषाको लाल गढमा उद्घाटनको तयारीमा रहेको चार तारे गौतम होटेलमा अहिलेसम्म ३५ करोडभन्दा बढी खर्च गरिसकेको हिरा बताउँछन् । उनका अनुसार करिब ५० करोड लागत अनुमान गरिएको छ ।

७६ वटा कोठा,  हल, मनोरञ्जन स्थल र चार तारे होटेललाई चाहिने सम्पूर्ण मापदण्डमा आधारित भएर निर्माण भइरहेको उनले बताए । होटेललाई हरित मैत्री बनाउन कलकत्ता वाट ल्याइएका उच्च अक्सिजन दिने बिरुवा रोपिएको छ । करिब एक बिघा क्षेत्रफलमा निर्माण भएको संरचनामा धेरैजसो हरित मैत्री बनाउने प्रयास गरिएको छ ।

दसैँपछि लगत्तै ४०  वटा कोठासहित उद्घाटन गरिने र  बाँकी अर्को भवनमा रहेको ३६  वटा कोठा सम्पन्न भएपछि पूर्ण सञ्चालनमा ल्याइने होटेलका व्यवस्थापक नीरज सुवेदीले जानकारी दिए ।

छोराको कर्मप्रति गर्व छ :  नरहरि गौतम

होटेल व्यवसायमा छोरा हिराको कर्म र लगनशीलताप्रति आफूलाई गौरवान्वित हुने बुबा हरि गौतम बताउँछन् । ‘मैले छोराप्रति गौरव गर्ने धेरै कारण छन्,’ उनले भने ‘पहिले त उ इमानदार बन्यो ।’

३४ वर्ष अगाडि चिया पसलमा बसेर सहयोग गरेको सम्झँदै नरहरिले छोराले आफूले चलाएको होटेललाई यति ठुलो बनाउला भन्ने सोचेका नै थिएनन् ।

‘ठुला–ठुला होटेलमा जान्थ्यो । त्यति वेला अलि पैसा पनि खर्च ग¥यो,’ विगत सम्झँदै उनले भने, ‘मैले पछि पो थाहा पाएँ, त्यहाँ जानुको उद्देश्य होटेल कसरी चलाउने भन्ने सिक्न पो रहेछ ।’

नरहरि पुराना राजनीतिज्ञ पनि हुन् । २०३९ साल, २०४३ सालमा तत्कालीन बर्दिबास–३ को उनी वडा अध्यक्ष समेत बने ।

२०५२ सालमा छोरा हिराले गौतम होटेल नाम राखेर औपचारिक रूपमा चलाएपछि नरहरिले सन्तुष्टिको श्वास फेरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search