शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

खरिद गर्ने मानिस नहुँदा सस्तोमा खसी-बोका बेच्न किसान बाध्य

Advertisement

  • मुकेश कुमार यादव

सिराहा, १ कार्तिक । अन्य समय भन्दा बढी दसैँमा बढी मूल्यमा बिक्री हुने खसी वोकाको मूल्य आर्थिक मन्दीका कारण घटे पछि किसानहरू मर्कामा परेका छन् । अत्यधिक मात्रामा मासुको  खपत हुने दसैँमा नै आर्थिक मन्दीका कारण तराई मदेसका बजारहरूमा खसी–बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भए पछि किसानहरू चिन्तित बनेका हुन् ।

सिराहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोल बजारको मङ्गलवारे बजारमा बिक्रीको ल्याएको बोका अन्य बेला २२-२५ हजारमा बिक्री हुने बोका १३ हजारमा बिक्री गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्री हुन्थ्यो, आज त १३ हजार मै बिक्री गर्नु पर्‍यो।’

बजारमा खरिद गर्नेभन्दा बढी खसी–बोका भएकाले दसैँको मुखमा पनि सस्तोमा बेच्न बाध्य भएको उनले सुनाए। ‘राम्रो मूल्य पाउँला र दसैँको खर्च जोहो गर्न सजिलो भनेर बोका पालेको थिएँ तर भने जस्तो मूल्य पाइन्’ उनले भने । दुर्गा पूजामा बोका बलि दिँदै आएका नरहा- ५ का बलदेव यादवले यो वर्ष सोचेको भन्दा कम मूल्यमा बोका पाएकोले ठुलै खरिद गरेको बताए। उनले अरू वर्ष १५-१७ हजार पर्ने बोका यो पटक ११ हजार मै खरिद गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।  ‘सधैँ महँगोमा बोका किन्नुपर्थ्यो, यो पटक भने सोचेको भन्दा धेरै कम मूल्यमा बाका पाएँ,’ उनले भने ।

गोल बजार नपा ६ मा लाग्ने खसी बजारमा अघिल्लो दसैँको बेला प्रत्येक हटिया तीन सय भन्दा बढी खसी बोका बिक्री हुने भए पनि यो वर्ष आधाभन्दा कम बिक्री भइरहेको बजारका ठेकेदार वीरेन्द्र यादवले बताए। उनले भने, ‘दसैँका बेला हामीलाई खसी बोको पुर्जा बनाउन पनि हम्मे हम्मे पर्थ्यो, हिजो आज हटियामा एकमय बिक्न पनि मुस्किल हुने गरेको छ।’

दसैँका बेला बजार मूल्य ह्वात्तै बढे पनि खसी बोकाको मूल्य भने स्वात्तै घटेको छ। जसका कारण बाख्रा पालक किसान भने मर्कामा परेका छन्। बजार मूल्य बढेका र आर्थिक मन्दीका कारण बजारमा दसैँ आएजस्तो चहलपहल पनि नदेखिएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्...
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा,...
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलप...
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search