Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

फेरियो राष्ट्रिय सभाको शक्ति सन्तुलन

Advertisement

१२ माघ, काठमाण्डौं – सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर भएको निर्वाचनबाट बिहीबार राष्ट्रिय सभाका १९ जना नयाँ सदस्य निर्वाचित भएका छन् ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले दिएको मतका आधारमा सत्ता गठबन्धनका १८ र एमालेका एक सदस्य निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभामा एक तिहाई सदस्यको दुई/दुई वर्षमा चुनाव गर्ने संवैधानिक व्यवस्थाअनुसार २० जनाको कार्यकाल २० फागुनमा सकिँदैछ । एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बिहीबार निर्वाचन भएको हो । राष्ट्रिय सभा ५९ सदस्यीय हुने संवैधानिक ब्यवस्था छ ।

बागमती प्रदेशमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ३/३ तथा कोशी, मधेश र लुम्बिनीमा २/२ जना राष्ट्रियसभा सदस्य निर्वाचित भए । बिहीबार निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित (हुन बाँकी) एक जनाको कार्यकाल २१ फागुनदेखि सुरु हुनेछ ।

दलिय हैसियत

राष्ट्रिय सभाको नयाँ चूनावी परिणामसँगै ५९ सदस्यीय राष्ट्रिय सभामा दलहरुको आकार हेरफेर भएको छ ।

सबभन्दा ठूलो पार्टी रहेको एमाले तेस्रोमा झरेको छ । राष्ट्रियसभामा हाल एमालेका १७ सदस्य (राष्ट्रपतिबाट मनोनित डा. विमला पौडेल राई बाहेक) छन् । उनीहरुमध्ये ८ जनाको पदावधि २० फागुनमा सकिने छ । बुधबार निर्वाचित भएकी रुक्मिणी कोराइला थपिँदा एमालेसँग १० सांसद मात्र हुनेछन् ।

माओवादी केन्द्र सबभन्दा ठूलो दल बनेको छ । अहिले दोस्रो दल माओवादीसँग १५ सांसद छन् । ३ जनाको कार्यकाल सकिँदा ५ जना थपिने भएका छन् र २१ फागुनबाट १७ सांसदसहित राष्ट्रियसभाको सबभन्दा ठूलो दल हुनेछ ।

कांग्रेस दोस्रोमा उक्लिने छ । अहिले कांग्रेस १० सांसदसहित तेस्रो दल छ । चार सांसदको कार्यकाल सकिँदा १० जना थपिने छन् र १६ सिटसहित दोस्रो ठूलो दल बन्ने छ ।

एकीकृत समाजवादीका ८ सांसद छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन ।

जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदा बिहीबार निर्वाचित भएकी पूजा चौथरी थपिने छन् ।

राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाको एक सांसद छन् । सत्ता गठबन्धनमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको स्थानमा दुर्गा पौडेललाई ल्याउने सहमति भएको छ । त्यसो भएमा जनमोर्चाका पनि दुई सांसद हुनेछन् ।

लोसपाको एक सांसद राष्ट्रिय सभामा छन् ।

नयाँ निर्वाचनको परिणाम:

  • कोशी : कृष्णप्रसाद सिटौला (कांग्रेस), रुक्मिणी कोइराला ( एमाले)
  • मधेश : आनन्दप्रसाद ढुंगाना (कांग्रेस), पूजा चौधरी (जसपा)
  • बागमती : जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी (कांग्रेस), श्रीकृष्ण अधिकारी (माओवादी), घनश्याम रिजाल (एकीकृत समाजवादी)
  • गण्डकी : किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार (कांग्रेस), मनरुपा शर्मा ( माओवादी)
  • लुम्बिनी : विष्णुकुमारी सापकोटा (कांग्रेस), झक्कुप्रसाद सुवेदी (माओवादी)
  • कर्णाली : सावित्री मल्ल (एकीकृत समाजवादी), विष्णु विक (माओवादी), कृष्णबहादुर रोकाया (कांग्रेस)
  • सुदूरपश्चिम : नारायण भट्ट र बलदेव बोहरा (कांग्रेस), रेणु चन्द (माओवादी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search