शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेकपा एमालेको दस्ताबेजमा पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने आचरण मौलाएको उल्लेख

Advertisement

८ फाल्गुन, काठमाण्डौं – नेकपा एमालेले पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने  आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको जनाएको छ ।

पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत शुद्धीकरण र पार्टी सुदृढिकरणसम्बन्धी दस्ताबेजमा नेता कार्यकर्तामा मौलाएको आर्थिक र यौन आचरणका कारण नेता, कार्यकर्ता र समग्र पार्टीलाई नै अलग गर्ने खतरा पैदा भएको भन्दै चिन्ता व्यक्त गरिएको हो ।

‘हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, केन्द्रीय समिति सदस्यहरुलाई वितरण गरेको दस्ताबेजमा भनिएको छ ।

त्यस्तै जनताले उचित नठान्ने कामकारबाहीबाट जोगिन पनि एमालेले नेता कार्यकर्तालाई सजग गराएको छ ।

‘पाटीभित्र प्रचलित कानुन सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिकोणले अनुचित क्रियाकलाप देखा पर्न थालेका छन् । आफूलाई अरुभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखा परेका  छन् ’, एमालेले भनेको छ । साथै केन्द्रीय सदस्यहरुलाई पार्टीमा आर्थिक र नैतिक आचरणलाई कसरी स्वच्छ, पारदर्शी र कानुनसम्मत बनाउने भनेर प्रश्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्...
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा,...
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलप...
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search