शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कानूनको कार्यान्वयन नहुँदा मिटरब्याज पीडितहरुले न्याय पाउने अवस्था बनेन

Advertisement

११ फाल्गुन, काठमाण्डौं – राष्ट्रिय सभाका सांसदहरुले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मिटरब्याज पीडितहरु न्यायका लागि भन्दै पैदल हिँडेर संघीय राजधानी आइपुग्नु दुःखद् भएको भन्दै कानुन कार्यान्वयन गरेर पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँमा आएका भन्दै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको बताइन् । सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्दै उनले नागरिकको आवाजको पक्षमा सरकारले काम गर्न नसकेको धारणा राखिन् ।

अर्का सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई न्याय दिनुपर्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरिन् ।

साथै सांसद तुलबहादुर विश्वकर्माले पनि मिटरब्याजी पीडित न्यायका लागि काठमाडौँ आएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । ‘कानूनको अभाव थियो । भर्खरै कानून पनि बनेको छ । तर कार्यान्वयन नहुँदा पीडितहरुले न्याय पाउने अवस्था बनेन,’ उनले भने, ‘पीडितहरु २५ दिनदेखि पैदल हिँडेर काठमाण्डौं आइपुगेका छन् । सरकार के गरेर बसिरहेको छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्...
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा,...
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलप...
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search