शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सञ्चार माध्यममा आउने विषयवस्तुको नियमन गर्ने बिषय आलोचना भएपछि गृह मन्त्रालयको स्पष्टीकरण

Advertisement

८ चैत्र, काठमाडौं – सञ्चार माध्यममा आउने विषयवस्तुको नियमन गर्ने गरी देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको विषयमा आलोचना भएपछि गृह मन्त्रालयले स्पष्टीकरण दिएको छ ।

बिहीबार साँझ एक विज्ञप्तिमार्फत मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चार माध्यममा आएको परिपत्र चैत ६ गते तयार गरिएको मस्यौदा मात्र भएको जनाइएको छ ।

“मस्यौदाको बुँदा नम्बर १ को १.३ र बुँदा नम्बर २ को २.१ मा उल्लेख भएको विषयमा आम सञ्चारकर्मी तथा सम्बद्ध पक्षले व्यक्त गर्नुभएको चासो तथा सरोकार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले चैत ६ गते कुनै परिपत्र जारी नभएको बताएको छ । सञ्चार माध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरू हटाएर अन्य विषय मात्र समावेश गरी आज परिपत्र गरिएको गृहको स्पष्टोक्ति छ ।

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति मन्त्रालय सदैव सचेत रहेको र यसको पूर्ण पालनाप्रति मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्...
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा,...
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलप...
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search