Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लागाएका छन् : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा

Advertisement

१७ चैत्र, दाङ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा गठबन्धन नगर्ने बताएका छन् ।

‘समुदायमा कांग्रेस’ संवाद यात्राका क्रममा शनिबार दाङ पुगेका महामन्त्री थापाले सम्बोधन गर्दै कांग्रेसका मतदाताले आगामी चुनावमा रूखबाहेक अन्त भोट हाल्नुनपर्ने बताएका हुन्।

‘अबको चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले कलम, गिलास, हँसिया हथौडामा भोट हाल्नु पर्दैन,’ उनले भने।

गठबन्धनको प्रवृत्तिले देशमा लोकतन्त्रलाई विकृत बनाएको बताउँदै महामन्त्री थापाले गठबन्धन नगर्दा चुनाव हारे पनि त्यसलाई सहर्ष स्वीकार्ने बताए।

‘काँग्रेसका मतदाताले रुख बाहेक अन्त कतै भोट कसैले हाल्ने छैनन्, सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला,’ उनले भने।

थापाले त्यसका लागि बरू पार्टीभित्र अभूतपूर्व एकताको खाँचो औँल्याए। पार्टीभित्र अभूतपूर्व एकताको सुनिश्चितता गरी सुस्ताएको समाजलाई सम्हाल्न जरूरी  रहेको र त्यसका लागि  एउटा ठूलो तागतपनि चाहिएको उनले उल्लेख गरे ।

‘हाम्रो पार्टी भित्र र हाम्रो घर भित्र हामीले बनाएको फोहर आँफैले सफा गर्नुपर्छ अरु कसैले गर्दिने होइन,’ थापाले भने ‘ आजपनि धेरै समुदाय काँग्रेस भित्रै रहेपनि कता कता काँग्रेसले ठिक ढंगले सम्बोधन गरेन भनेर मन भित्रबाट खुसी हुन सकिरहेका छैनन्। उनीहरूलाई खुसी बनाउनुपर्ने छ।’

उनले देशभरका सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लगाएको बताए। त्यसले जनता अलमलिएको र अलमलिएको जनतालाई सत्यतथ्य बुझेर बाहिर निस्कन आवश्यक रहेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search