शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा ३२ जनाको मनोनयन दर्ता

Advertisement

२४ चैत्र, काठमाडौं – प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएसँगै ३२ जनाको मनोनयन दर्ता भएको छ ।

आगामी बैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि २० जनाले मनोनयन दर्ता गराएका छन् भने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

आयोगले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाएको छ । ‘प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहनु भएको छ,’ आयोगले भनेको छ, ‘बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । जसमध्ये १ जना महिला र ११ जना पुरूष रहनु भएको छ ।’

इलाम २ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलनकुमार योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जीतबहादुर राई, जनमतका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेसनल मंगोल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेसनल रिपब्लिकका धनराज रानामगर रहेका छन् । त्यस्तै, प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेहरूमा अर्जुनबहादुर शाही, केशबकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् ।

बझाङको प्रदेश सभा निर्वाचनमा कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, नेसनल रिपब्लिकका किशोरकुमार खड्का, नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापा, माओवादी केन्द्रका जनकबहादुर बुढा, एमालेका दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपकबहादुर खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्ट उम्मेदवार बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्...
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा,...
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलप...
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search