Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सुनसरीमा जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन प्रहरीद्वारा बल प्रयोग

Advertisement

२५ चैत्र, सुनसरी – सुनसरीको हरिनगर -४ लगायतका आसपासका क्षेत्रमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन आइतबार प्रहरीले बल प्रयोग गरेको छ ।

अपराह्न प्रदर्शन चर्किएपछि प्रहरीले १२ राउण्ड हवाइफायर, २९ सेल अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट गरेका थिए । त्यस क्रममा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीसहित ९ जना घाइते भएका छन् ।

प्रदर्शनकारीले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई निर्घात कुटपिट गरी हतियार लुट्ने प्रयास गरेका थिए । प्रहरीको साथबाट ७ राउण्ड गोली लोड भएको पेस्तोल लुटे पनि प्रहरीले बल प्रयोग गरेर फिर्ता गराउन सफल भएको जनाइएको छ । प्रदर्शनकारीले हरिनगर बजारमा रहेको एउटा घरमा तोडफोड गरेका प्रहरीले जनाएको छ ।

प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको सुनसरी जिल्ला प्रशासनले जनाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ ।

अर्को सूचना नआएसम्म हरिनगर गाउँपालिका पुरै र देवानगन्ज वडा १ र ७ मा कर्फ्यु यथावत छ । प्रशासनले अन्य पालिकाहरुमा भने आंशिकरुपमा कर्फ्यु लागू हुने जनाएको छ । जिल्ला प्रशासनका अनुसार इनरुवा नगरपालिका क्षेत्र, देवानगंजको वडा २, ३, ४,  ५ र ६ वडा, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने कर्फ्युलाई प्रशासनले केही खुकुलो बनाएको छ । यी क्षेत्रमा सोमबार बिहान १० बजेसम्म आंशिकरुपमा कर्फ्यु लागू हुने छ ।

गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि अवस्था असामान्य बनेको हो । दुई समूहबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्कन नदिन र नागरिक जीउधनको सुरक्षाका लागि बिहीबारदेखि कर्फ्यु लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search