Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्न प्रस्ताव

Advertisement

२८ चैत्र, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको अहिले रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा लागत बढी लाग्ने र विपत्को जोखिम बढी भएको भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो।

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा खानेपानी उपलब्ध गराउन आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो। आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ।

हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरूपमा सुरक्षित रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी छ।

नयाँ हेडवर्क्स निर्माणका पहिचान गरिएको स्थान हाल हेडवर्क्स भएको स्थानबाट एक किलोमिटरको दूरीमा रहेको र उक्त स्थानमा एक किलोमिटरभन्दा कम लम्बाइको सुरुङ निर्माण गरे पुग्ने देखिएकाले सार्कस्थलीमै नयाँ हेडवर्क्सका लागि  उपयुक्त रहेको भनाई समितिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search