शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

परिसुचक भीमेश्वर मन्दिरमा (कालिबाबा) कोरा क्षमा पुजाको तयारी

Advertisement

मिति २०८१ साल श्रावण ३१ गते विहिवार नेपाल आउनुभएका विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले भदौ १ गते शनिवार दोलखास्थित परिसुचक भीमेश्वर मन्दिमा विशेष पुजा गर्नुहुने भएको छ ।

उहाँ नेपालमा जन्मनु भएतापनि भारतमा बसोबास गर्दै आउनुभएको छ । नेपाल र भारतका राजनीतिक नेताहरुले उहाँलाई अत्यन्त धेरै सम्मान गर्दै आएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको विशेष निमन्त्रणामा नेपाल आउनुभएका हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शनिवार अपरान्ह्र परिसुचक भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा गर्न लाग्नु भएको भीमेश्वर गुठि व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।

भीमेश्वर मन्दिरमा पसिना आएको थाहा पाएपछि हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) ले विश्व शान्तिको कामना गर्दै यहि मिति २०८१ भाद्र ०१ गते शनिवार कोरा क्षमापुजा गर्न लाग्नु भएको तत्कालिन पशुपति विकास काेषका कानूनी सल्लाहकार प्रविण प्रधानले बताउनुभयो । विश्वमा केही अनिष्ट हुँदा भीमेश्वरको शिलामा पसिना आउने जनविश्वास रहँदै आएको छ । विगत विगत वर्षहरूलाइ नियाल्दा परिसुचक दाेलखा भीमेश्वरलाई पसिनाकाे क्रम १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०२८, २०३६, २०४५, २०४६, २०५७, २०६१, २०७०/८/३०, २०७०/११/१३, २०७०/११/१९, २०७८ बैसाख महिना पछि २०८१ साउन ५ गते शनिवार र साउन ९ गते बुधवार भीमेश्वरको शिलामा पटक-पटक पसिना आएको थियो ।

कालिबाबासंग भारतिय जगतगुुरु, सन्तमहात्माहरु र बिशिष्ठ धार्मिक व्यक्तित्वहरु समेत दोलखा आउने प्रधानले बताउनुभयो ।
हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शुक्रवार काठमाडौँको पुशपति नाथ मन्दिर परिसरमा आयोजना भएको महायज्ञमा विशेष प्रवचन दिनु हुने छ भने पशुपति नाथमा विशेष पुजा समेत गर्नुहुने जनाईएको छ ।

साथ साथै भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री स्टालिन श्रेष्ठका अनुसार हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) को आगमनले हाम्रो प्राचिन शहर दोलखाली समाज र हाम्रो मनमा विशेष स्थान राख्छ। उहाँकाे शिक्षा, विचार र कार्यशैलीले हामीलाई सँधै प्रेरित गरेको भनाइ साथ स्वागतका लागि तत्पर रहेको भनाइ व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जहाँ दुःख त्यहाँ रेडक्रस” : सिन्धुलीमा नेपाल रेडक्रसको ५५ औँ जिल्ला सभा भव्य रूपमा सम्पन्न, मानवीय सेवामा थप प्रतिबद्धता

जहाँ दुःख त्यहाँ रेडक्रस” : सिन्धुलीमा नेपाल रेडक्रसको ५५ औँ जिल्ला सभा भव्य रूपमा सम्पन्न, मानवीय सेवामा थप प्रतिबद्धता

जहाँ दुःख त्यहाँ रेडक्रस” : सिन्धुलीमा नेपाल रेडक्रसको ५५ औँ जिल्ला सभा भव्य रूपमा सम्पन्न, मानवीय सेवामा थप प्रतिबद्धता सिन्धुली...
राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search