Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्राचिन शहर दोलखा : भैरव कुमारीको जात्रा सुरु, ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास

Advertisement

दोलखा । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरव कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट देखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजाको तालमा भैरव र कुमारीसहितको समूहका जात्रा हुने गर्दछ ।

जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजार लगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ ।

भैरव र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरव र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरव कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ ।

पौराणिक किंवदन्तीका अनुसार दोलखामा ३ दिदीबहिनीलाई नागदहमा भेटेपछि तान्त्रिकले देवीको रुपमा दोलखामा ल्याएका थिए । जेठी र कान्छी त्रिपुरासुन्दरीमा बसे भने माइली भने कालिन्चोक डाँडामा बसिन् ।

कान्छी चकचके स्वभाव भएकाले दिउँसो हराउने गर्थिन् । त्यही समयमा दोलखामा प्रतिदिन मानिस घट्दै जान थालेपछि तान्त्रिक दाजु भाईले विचार गरी हेर्दा कान्छीले मान्छे खाने गरेको रहस्य पत्ता लगाए ।

यसलाई समाधान गर्नै पर्ने ठानी लुकामारी खेल्ने बाहाना बनाई दुवै दाजुभाई मिलेर कान्छीलाई बालकुमारीमा खाल्डो बनाई माथिबाट ढकनीले छोपी दिएछन् । खाल्डो भित्र पस्न पुगेपछि देवी डर त्रासले रोई कराई गरिन् । पछि दया लागेर उनीहरुले वर्षमा ५ दिन भैरवलाई अगाडि लगाएर मात्र बाहिर आउन शर्त राखेपछि सोही दिनदेखि ५ दिनसम्म भैरवकुमारी जात्रा निकाल्ने परम्परा सुरु भएको दोलखाका इतिहासकार तिर्थनाराण जोशी बताउनु हुन्छ ।

यसै सन्दर्भमा यस वर्षको भैरव कुमारी जात्राको लागि यहाँको पहल के छ? भनी जानकारी लिदा यस २ नं वडाबाट भैरवकुमारी जात्रालार्इ व्यवस्थित रूपमा सञ्चालन गर्ने टोल-टोलमा सडक बत्ती व्यवस्थापन, साथै टोल वासिहरूलाई आ-आप्नो टोलमा सरसफाइ गर्ने अनुरोध गर्दै आफू स्वयमं भैरवकुमारी जात्रामा खटेर कार्य गर्नु भएको भीमेश्रर नगरपालिका का वडा नं २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा महेन्द्र श्रेष्ठ दोलखा। दोलखाको / चरिकोटस्थित भीमेश्वर...
भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी ...
सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search