Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगरपालिका वडा नं २ मा तिज विशेष कार्यक्रम भव्य तरवले मनाईयो ।

Advertisement

२०८१ भाद्र १९, दोलखा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा भीमेश्वर नगरपालिका वडा नं २ ले  अन्तरसंवाद संगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ ।  बुधबार दोलखा भीमेश्वर नगरपालिका वडा नं २ मा तीज पर्वले पारेको प्रभाव र असर विषयमा अन्तरसंवादसंगै मनोरञ्जनात्क कार्यक्रम गरेको वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठले  बताउनुभयो ।

भीमेश्वर नगरपालिका मेयर इश्वर मानन्धर, उप-मेयर कमला बस्नेत, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, अखिल नेपाल महिला संघ अध्यक्ष मेनुका सुबरी, नगरका प्रशासकीय प्रमुख अधिकृत  बिशकसेन ढकाल, महिला शाखा अधिकुत सुरूजा दाहाल, कृषि शाखा अधिकृत राधिका बुढाथाेकि, स्थायी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतले  तीज पर्वमा देखिएका विकृतिलाई सुसंस्कृतिमा रुपान्तरण गर्न आवश्यक भएको धारणा सहित  शुभकामना व्यक्त गर्दै तीज पर्वले महिलाको क्षमता विकाससंगै महिलामा भएका समस्या समाधान तर्फ नेतृत्वदायी भूमिका निर्वाह सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

मन्तव्यका क्रममा वक्ताहरुले पर्वको नाममा सामाजिक सद्भावमा असर पुग्ने गतिविधि रोक्न सचेतीकरणको काममा लाग्न समेत महिलाहरुलाई आग्रह गरेका थिए । यस कार्यक्रममा तीज विशेष संगित गाएर परम्परागत तीज संगितको स्मरण गराउनुभएको थियो भने अरु सहभागी महिलाहरुले पनि परम्परागत तीज संगित गाउनुका साथै नृत्य पनि गरेका थिए ।

तीज विशेष कार्यक्रममा जिल्ला र वडा गरि ५ सय बढी महिलाहरुको सहभागिता रहेको भीमेश्वर नगरपालिका वडा नं २ का वडा महिला सदस्य कार्यपालिकाकी सदस्य मुना श्रेष्ठले जानकारी दिनुभएको छ । विहान ११ बजेबाट शुरु भएको कार्यक्रममा बेलुका ५ बजेसम्म महिलाहरुको उल्लासपूर्ण सहभागिता रहेको अध्यक्ष स्टालिन श्रेष्ठले धन्यवाद दिदै भताउनु भयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search