Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

Advertisement

-जनकपुर समाचारदाता

जलेश्वर (महोत्तरी), २० कार्तिक- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।

 

 

छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी,  गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भङ्गाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आइएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लालकर्णले बताउनुभयो ।

 

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।

त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्‍याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रशन्न हुने जनविश्वास रहेको पुजारी पाठकले बताउनुभयो ।

पहिलापहिला तराई मधेसको जिल्लामा मात्रै मनाइने छठ पर्व अहिले देशको सङ्घीय राजधानी काठमाडौँसहित देशको प्रमुख सहर पोखरा, नारायणघाट, धरान, इटहरीलगायत स्थानमा पनि धुमधामका साथ मनाउन थालिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search