Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

स्पेनमा बाढीपछि आक्रोशित जनता प्रशासनविरुद्ध सडकमा उत्रिए

Advertisement
  • काठमाण्डौ समाचारदाता

२५ कात्तिक, दोलखा । स्पेनमा आएको भीषण बाढीपछि अहिले त्यहाँका जनताले प्रशासनविरुद्ध सडकमा उत्रिएका छन् । स्पेनको भ्यालेन्सियामा शनिबार हजारौं स्थानीयहरु सडकमा उत्रिएर क्षेत्रीय प्रमुखविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागसहित प्रदर्शन गरेका थिए ।

बीबीसीका अनुसार प्रदर्शनकारीहरूले स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

भ्यालेन्सियाका मेयर मारिया जोस क्याटालाले प्रदर्शनबाट भएको क्षति देखाउँदै यस्तो बर्बरताले समाधानको बाटो नदेखाउने प्रतिक्रिया दिएकी छन् भने भ्यालेन्सिया सिटी काउन्सिलले पनि प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गरेको छ ।

अक्टोबरमा भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीमा २०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ८० जनाभन्दा बढी अझै बेपत्ता छन् । यसअघि बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमनमा गएका स्पेनका राजा फिलिप छैटौंलाई भ्यालेन्सिया क्षेत्रका आक्रोशित स्थानीयले दुर्व्यवहार समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search