-महेन्द्र श्रेष्ठ
माघ ३, दोलखा । नेकपा एमाले भीमेश्वर नगर ८ नं वडा कमिटीले एक दिवसीय ‘दूरदृष्टिमा आधारित पार्टी कमिटी निर्माण तथा सुदृढिकरण कार्यशाला सम्पन्न गरेको छ । पुस २७ गते बोचमा सम्पन्न भएको कार्यशालामा वडा कमिटीको अवस्था विश्लेषण गरिएको थियो । कमिटीका सबल, कमजोरी, अवसर र चुनौतीहरु पहिचान गरिएको थियो । भव्य अधिवेशन भै पार्टी कमिटी सञ्चालन भैरहनु, पार्टीका क्रियाशिल सदस्यहरु रहनु, विकासका सन्दर्भमा प्रष्ट धारणा हुनु सबल पक्ष पहिचान गरिएको थियो । त्यसै गरी पार्टी कमिटीले गरेका कामहरु प्रचार गर्न नसक्नु, समसामयिक सवालमा सवै पार्टी सदस्यहरुको समान वुझाइ नहुनुलाई कमजोरी रुपमा हेरिएको छ । टोल टोल र घर घरमा पार्टी गतिविधि विस्तार, वडामा प्रतिपक्षिय भूमिका निर्वाह र जनसंगठन निर्माण र परिचालनवाट सशक्त र सवैको आकर्षणको पार्टी कमिटी बन्ने अवसरको रुपमा हेरियो । त्यसै गरी पूराना पार्टीले केही गर्दैनन् भन्ने भ्रम फैलाउनलाई चुनौतीको रुपमा चित्रण गरिएको छ ।
अवस्था पहिचानमा आधारित प्रशिक्षण
कार्यशालामुखी प्रशिक्षण कार्यक्रममा पूर्व निर्धारित वा बनिबनाउ विषयवस्तु तय गरिएको थिएन । उपस्थीति पार्टी सदस्यहरुले कमिटीको अवस्था पहिचान गरी जरूरी ठानीएका विषयमा मात्र प्रशिक्षण गरिएको थियो ।
८ नं. वडा कमिटीको वर्तमान अवस्था पहिचानका आधारमा अभाव रहेको विषयमा नेकपा एमालेका नेताहरुले प्रशिक्षण गराउनु भएको थियो । नेकपा एमालेका वागमती प्रदेश कमिटीका सदस्य एवं प्रदेश सभाका माननिय सांसद भरत वहादुर केसीले समसामयिक सवालहरुमा नेकपा एमालेलाई लगाएको आरोपका सम्वन्धमा पार्टी सदस्यहरुको समान वुझाईकालागि प्रशिक्षणा गराउनु भएको थियो । त्यसै गरी नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष नर वहादुर श्रेष्ठले पार्टी कमिटीलाई चुस्त वनाउन अबको ध्यान वडा केन्द्रित अभियानका वारेमा चर्चा गर्नु भएको थियो । जिल्ला कमिटी दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले पार्टी कमिटीका कामहरुलाई प्रचार ल्याउन सामाजिक सञ्जालको प्रयोगका विषयमा प्रशिक्षण गर्नु भएको थियो । जिल्ला कमिटी उपसचिव एवं भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेतले विकास निर्माणमा पार्टी कमिटीको भूमिकाको वारेमा चर्चा गर्नु भएको थियो । जिल्ला कमिटी सदस्य एवं नेकपा एमाले भीमेश्वर नगर पालिका सभादलका उपनेताले योजना तर्जुमामा वडा कमिटीले खेल्ने तौरतरिकावारेमा प्रशिक्षण दिनु भएको थियो । त्यसै गरी नेकपा एमाले भीमेश्वर नगर कमिटीका अध्यक्ष भोला खतिवडाले पार्टी सदस्यको व्यक्तिगत र पार्टी कमिटीको अवस्था तथा क्षमता पहिचान गरी परिकल्पना निर्माण र यसको प्रकृयाका वारेमा वताउनु भएको थियो । जहाँ समस्या छ त्यही समाधान पनि छ भन्ने मान्यताबाट यो कार्यशाला तर्जुमा गरिएको थियो ।
दूरदृष्टि सहितको अभियान
आगामी दिनमा भीमेश्वर नगरपालिका वडा नं. ८ मा सशक्त पार्टी कमिटी बन्ने, निर्वाचन जित्ने र जनमैत्री कार्यहरु गरी लोकप्रिय पार्टी कमिटी भन्ने दुरदृष्टी निर्धारण गरिएको छ । सो परिकल्पना प्राप्तीको निम्ती खास क्रियाकलापहरु निर्धारण गरिएको छ । हाललाई तिन महिने अभियानमुखी योजना तर्जुमा गरि कार्यान्वयनको प्रतिवद्धता जाहेर गरिएको छ । अभियान निर्धारण गर्दा यस कार्यशालाबाट ८ नं. वडा कमिटीको पहिचान भएका सवल पक्षलाई निरन्तरता दिने, कमजोरीलाई सुधार्ने, अवसरलाई सदुपयोग गर्ने र चुनौतीसँग जुध्ने योजना तयारी गरिएको छ । ३ महिने अभियान अन्तरगत १२ वटा टोलमा वडा अधिवेशन गर्ने, पार्टी सदस्य नविकरण र विस्तार, जनसंगठन अधिवेशन गर्ने, नागरिकसँग घरदैलो गरी भेटघाट एवं जन तथा सदस्यको सर्भेक्षण गर्ने, विकास अनुगमन, बेथितीका बारेमा प्रश्न गर्ने जस्ता कार्यहरु गर्ने योजना बनेका छन् । यी क्रियाकलापमुखी अभियानका सन्दर्भमा सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारीको मर्म अनुसार निर्धारण गरिएको छ । हरेक क्रियाकलापको मूख्य जिम्मेवारी तोकिएको छ र क्रियाकलाप सम्पन्न भएको नभएको हेर्ने पुष्ट्याइको स्रोत समेत आंकलन गरीएको छ ।
ज्ञानको स्रोत पार्टी सदस्यहरु र कमिटी नैं हुन्, त्यहाँ समस्या छन् समाधान पनि त्यही छ भन्ने मान्यताबाट यो कार्यशाला सञ्चालन गरिएको थियो । यस पद्धतीबाट कार्यशाला सञ्चालन गर्दा उपयोगी भएको उपस्थीत सदस्यहरुले बताएका छन् । यो कार्यशाला नेकपा एमाले भीमेश्वर नगर ८ नं. वडा कमिटीका अध्यक्ष नकुल केसीको अध्यक्षता र सचिव दुर्गा भुजेलले सञ्चालन गर्नु भएको थियो । भीमेश्वर नगर कमिटीका उपसचिव एवं नगर स्कुल विभाग प्रमुख रमेश वस्नेतको समन्वयमा सञ्चालन भएको कार्यशालामा ८ नं. वडाका भुगोलबाट नेकपा एमाले विभिन्न तहमा कृयाशिल १०० जना भन्दा वढि पार्टी नेता तथा सदस्यहरूको सहभागीता रहेको थियो ।
श्रोत
भीमेश्वर नगर कमिटि अध्यक्ष
भोला खतिवडा


