Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखा आदिवासी जनजाति महासंघको दाेलखाकाे अध्यक्षमा अर्जुन तामाङ

Advertisement

६ माघ २०८१, दोलखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखामा नयाँ नेतृत्व चयन भएको छ। शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनबाट अर्जुन तामाङको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिती चयन भएको हो । तामाङले दोस्रो कार्यकाल दोहोर्याएका हुन् । कार्यसमितिको उपाध्यक्षमा धनराज तामाङ, कोषाध्यक्षमा राजकुमार भुजेल, सचिवमा मार्मेन तामाङ र सहसचिवमा किशोर कुमार गुरुङ चयन भएका छन्। त्यस्तै सदस्यहरुमा क्रमशः दावा तामाङ,सुजन थामि,प्रेम कुमार तामाङ र मुना गरुङ चयन भएका छन्।

निर्वाचन समितिको समितिको संयोजक अधिवक्ता राजेन्द्र नारायण श्रेष्ठ रहेको थियो । फोनिज दोलखाको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले गरेका थिए । कार्यक्रममा फोनिजका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दोलखाका नवनिर्वाचित अध्यक्ष प्रभु जिरेल, सह सचिव गोविन्द थामी, बागमती प्रदेश सदस्य राजन थामी र केन्द्रीय सदस्य लक्ष्यमण थामीलाई बधाईसहति सम्मान गरिएको थियो । यस्तै फोनिज दोलखाले मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, भीमेश्वर नगरपालिकाको उप प्रमुख कमला बस्नेत र बिगु गाउँपालिकाको उपाध्यक्ष देविका थामीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवि मास्के, फोनिज दोलखाका संस्थापक अध्यक्ष जीवन लामा, जनजाति महासंघ दोलखाका अध्यक्ष जंग गुरुङ,  प्रेस सेन्टर नेपाल, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले, प्रेस चौतारी दोलखाका सचिव तारा महत लगाएतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search