शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वामदेवपछि झलनाथ, रामकुमारीलगायतका नेता एमालेमा फर्किने गैरेको खुलासा

Advertisement

-महेन्द्र श्रेष्ठ

०८ माघ २०८१, दोलखा । वामदेवपछि झलनाथ, रामकुमारीलगायतका नेता एमालेमा फर्किने गैरेको खुलासा, एकीकृत समाजवादी रित्तिने दाबी नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पार्टीमा वामदेव गौतमलाई सम्मानित भूमिका दिइने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामदेवले अब बाँकी जीवन एमालेमा सम्मानित नेताको भूमिकामा रहेर विताउने बताएका हुन् । एमाले निर्माणमा वामदेवको भूमिकाको कदर गर्दै उनलाई सम्मानित भूमिकामा आफूहरुले राख्न चाहेको नेता गैरेले बताए । पार्टीमा वामदेवको सम्पूर्ण क्षमताको प्रयोग हुनेगरी जिम्मेवारी दिइने उनले बताए ।

‘वामदेव गौतमको नेकपा (एमाले) को निर्माणमा, मुलुकको परिवर्तनमा निकै ठूलो भूमिका छ । एमालेमा जिम्मेवारी लिने, सक्रिय हुने हिसाबले उहाँले कुरा गर्नु भएको छ । त्यो पार्टीको, देशको र स्वयं वामदेव गौतमको पनि आवस्यकताको विषय हो । एमालेलाई सबैको खाँचो छ । एमालेले ठूलो लक्ष्य लिएको छ । ०८४ सालमा बहुमत शक्तिको पार्टी बनाउने अभियानमा हामी छौं । अहिले एमालेमा वामदेव गौतमले बाँकी जीवन सम्मानित नेताको रुपमा देश र जनताको सेवा गर्न सक्ने परिस्थिति निर्माण हुँदैछ । त्यो भूमिकाको साथ उहाँले काम गर्नुहुन्छ । वामदेव गौतमको सम्पूर्ण क्षमताको प्रयोग हुनेगरी जिम्मेवारी दिइन्छ,’– उनले भने । साथै, विगतमा एमालेको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका र अहिले विभिन्न कारणले निष्कृय रहेका वा अरु राजनीतिक पार्टीमा संलग्न रहेकाहरु पनि एमालेमै फर्किने उनले दाबी गरे ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि ढिलोचाँडो कुनै सन्दर्भमा एमालेमै फर्किने उनको दाबी छ । त्यस्तै समाजवादीका नेताहरु किसान श्रेष्ठ, प्रेम आले, रामकुमारी झाँक्रीलगायतका नेताहरु निकट भविष्यमै एमालेमा फर्किने नेता गैरेले दाबी गरे । ‘रामकुमारी झाँक्री पनि एमालेमै फर्किनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने ‘उहाँहरु त धेरै पहिलादेखि कुराकानी गरिराख्नु भएको छ । कुराकानी हुँदैछ । सबैसँग कुरा हुँदैछ ।’ साथै, माधव नेपाललाई एमालेमा फर्काउने कुरामा अहिलेसम्म कुनै छलफल नभएको र नहुने उनको भनाइ छ । नेता गैरेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी अब रित्तिने बाटोमा रहेको दाबी गरे ।

एकीकृत समाजवादी टिक्ने, त्यसले गति लिने सम्भावना नरहेको एमालेको निष्कर्ष रहेको उनले सुनाए । नेता गैरेले भने, ‘एकीकृत समाजवादी पार्टी रित्तिन्छ । त्यो पार्टी अब टिक्ने, त्यसले गति लिने सम्भावना समाप्त भयो । यो निष्कर्ष हो । नेकपा (माओवादी केन्द्र) पनि अब चल्दैन, चलाउन सक्दैन भन्ने कुरा पनि आम जनताले महसुश गरेको विषय हो । अरु अहिले जतिपनि राजनीतिक दलहरु छन्, ती दलहरु पनि अब जुन विचार, कार्यक्रम लिएर गठन भएका थिए, ती पार्टीहरु पनि अब चल्दैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीको हुँकार समाप्त भयो । त्यहाँ भएका असल मान्छेहरुको साझा प्लेटफर्म एमाले हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search