शंख ध्वनी मिडिया प्रा. लि

Advertisement
Advertisement

-महेन्द्र श्रेष्ठ

०८ माघ २०८१, दोलखा । नेकपा एमाले, दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले तय गरेका ‘ वडास्तरीय ३ महिने अभियान´ र `समृद्ध दोलखा, सुखी दोलखाली´ अभियानको कार्ययोजनालाई प्रभावकारी ढड्गले परिचालन गर्ने निर्णय गर्दै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवालयको दोस्रो बैठक मिति २०८१ साल माघ ७ गते सम्पन्न भयो ।

बैठकले नेकपा एमालेले सम्पन्न गरेको मध्यपहाडी लोक मार्ग केन्द्रित समृद्धि यात्राको क्रममा र सर्वदलीय राजनीतिक नेतृत्वबाट सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली समक्ष पेश गरिएको मागहरुमध्ये चीन र भारत जोड्ने त्रिदेशीय उत्तर-दक्षिण लोकमार्ग (लामाबगर-भिट्टामोड)लाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट विनियोजन गरेकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

बैठकले पार्टीको केन्द्रले घोषणा गरेका तीन महिने वडा केन्द्रित अभियानमा केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरू वडामा नै केन्द्रित हुने निर्णय गरेको छ ।माघ महिना भित्र पालिकाकाको बैठक सम्पन्न गरी वडा तहको कमिटी परिचालन गर्ने निर्णय गरेको छ । अभियानको क्रममा वडास्तरीय कामको कार्ययोजना निर्माण, टोल कमिटी गठन, सदस्यता नवीकरण र सदस्यता विस्तारको अभियान थालनी, समृद्धिको खाकाको तयारी, युवा पुस्तालाई संगठित गर्दै प्रशिक्षणका नवीतम विधिहरूबाट प्रशिक्षण सञ्चालन गरेर अभियान पूरा गरिनेछ । सचिवालय बैठकमा नेकपा एमाले दोलअखा जिल्ला कमिटीको पाचौँ बैठकले पारित गरेको 19 बुँदे समृद्ध दोलखा विकासको अठोटलाई कार्यान्वयन गर्न पहल थाल्ने प्रतिबद्धता जाहेर भयो । बै

ठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज कमरेड पार्वत गुरूङको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला अध्यक्ष कमरेड नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा दोलखाबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश कमिटीका सदस्यहरू र जिल्ला कमिटी सचिवालय सदस्यहरूले सुझाव दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search