Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखाको वैतेश्वर गा.पा.मा एक महिलामाथि अंशबण्डाको विवादले खुकुरी प्रहार प्रयास

Advertisement

२९ माघ २०८१, दोलखा – दोलखाको बैतेश्वर गाउँपालिकामा सोमबार एक महिलामाथि खुकुरीले आक्रमण गर्ने प्रयास भएको छ। पारिवारिक अंशबण्डा सम्बन्धी विवादका कारण स्थानीय शिक्षिका उषा तामाङमाथि यो हमला गरिएको हो।

उषा तामाङ, जो बैतेश्वर माध्यमिक विद्यालयमा शिक्षिका कार्यरत छिन्, सोमबार विद्यालय नजिकै खुकुरी प्रहारको शिकार हुन लागेको खवर प्राप्त भएको छ। स्थानीयले समयमै हस्तक्षेप गरेर उनको ज्यान बचाएका थिए।

पक्राउ पर्ने व्यक्तिको नाम सुन्दर अधिकारी रहेको जानकारी प्राप्त भएको छ। उनी भीमेश्वर नगरपालिका-५ का स्थायी निवासी हुन् र तामाङका आफन्त रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर दाताराम अधिकारीका अनुसार “खुकुरी आक्रमणको बारेमा प्रहरीमा उजुरी दर्ता भएको छ र आरोपीलाइ पक्राउ गरेर थप अनुसन्धान गरी यसलाई कानुनी प्रक्रियामा अघि बढाइनेछ । अंशबण्डाको विषयमा पारिवारिक विवादका कारण यो आक्रमण भएको देखिन्छ ।” यो विवाद हाल अदालतमा विचाराधीन रहेको पनि उहाँले जनाउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search