Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

आज स्वस्थानी कथा वाचनको साङ्गेको दिन प्राचीन शहर दोलखामा सहस्रधारा यात्रा

Advertisement

-प्रा.डा. श्याम जोशी

३० माघ २०८१, दोलखा । आज स्वस्थानी कथा वाचनको साङ्गेको दिन प्राचीन शहर दोलखामा सहस्रधारा यात्रा हुँदैछ । दोलखाको सांस्कृतिक सम्पदामा रुची राख्नेहरुका लागि यसको महिमा यहाँ संक्षिप्त रुपमा प्रस्तुत गरेको छुं । स्वस्थानी कथा वाचनको अन्तिम दिन अर्थात माघ शुक्ल पूर्णिमाको दिन स्थानीय भक्तजनहरू त्रिपुरासुन्दरी मन्दिरको पछाडि ‘काँलरवन’ नामक जङ्गलको तल्लो भागमा अवस्थित दोलखाको पवित्र स्थान मानिने वाराणसीमा भेला हुन्छन । यो दिन एक महिना सम्म बिहान सबेरै गाउने गरेको “ माघ हले “ को साँङ्गेको दिन पनि हो ।

स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार सतीदेवीको शव बोकेर शिवजी वाराणसी पुग्दा टाउको (शिर) तल खसेको थियो जसबाट विश्वेश्वर महादेवको उत्पत्ति भएको थियो। सहस्रधारा बोक्न तयार भएका दस–बाह्रजना केटाहरू त्यहाँका ढुंगे धाराहरुमा नुहाउने गर्छन् । ब्राह्मणले पहिले संकल्प नामको अनुष्ठान गर्छ । त्यसपछि सहस्रधारा बोक्ने केटाहरूले त्यहाँको धाराबाट पवित्र पानी पालैपालो माटोको कलशमा (पानीको भाँडो) थापेर बाँसको फ्रेममा राखेर टाउकोमा बोकेकोझैँ देखिने गरेर सहरतिर लैजान्छन्। । कलशमा धेरै स–साना प्वालहरू हुन्छन जहाँबाट जोडले पानी निस्कन्छ जसलाई ’सहस्र धारा’ भनिन्छ। निक्की थापा र राजीव गुरुङ एक लेखमा भन्छन्– “ सहस्र धारा कलशको शाब्दिक अर्थ “हजारौं पराल भएको पानीको भाँडो” हो। प्रत्येक कलशको घाँटीमा माधव नारायणको चित्र कोरिएको हुन्छ। कलशको शरीरमा धेरै स–साना प्वालहरू हुन्छन ।

“प्रत्येक कलशमा एक फुट लामो गहुँको छ्वाली पानीको प्वालको रूपमा काम गर्न घुसाइएको हुन्छ। यो डिजाइन टाउकोको माथि रहेको १००८ वटा पात भएको कमल, चक्रको प्रतीक हो। केटाहरूले बोक्ने कलश दुई खुट्टा बाँसको फ्रेममा सेट गरिएको हुन्छ । कलशमा रहेको पानीलाई संसारका सबै पवित्र नदी र महासागरको स्रोत मानिन्छ ।” सहस्त्रधारा बोकेका केटाहरू र अरू केही अतिरिक्त केटाहरूलाई विभिन्न देवताको रूपमा सजाइएको हुन्छ । उनीहरूले सहस्रधारा बोक्ने फ्रेमहरू पनि विभिन्न देवता र फूलहरूको चित्रहरूले सजाइएको हुन्छ।

‘सहस्रधारा’ भनेर चिनिने यो जात्रा एक प्रकारको सहस्रधारा कलश यात्रा हो। स्थानीयले देवीकोट भन्ने गरेको त्रिपुरासुन्दरी मन्दिरको परिक्रमा गरेर यो यात्रा सहर तिर अगाडि बढ्छ । जुलुसको मार्ग अन्य धार्मिक जात्राको मार्ग जस्तै हो । जात्रा दोलखा शहरको विशेष प्रकारको परम्परागत बाज बजाउँदै र मानिसहरूको समूहले शास्त्रीय भजन गाउँदै जारी रहन्छ। स्वस्थानी ब्रतकथामा महादेवले सतीदेवीको शव बोकेर देवीकोट पुगेपछि देब्रे घुँडा खसेर मातेश्वर महादेव उत्पन्न भयो भन्ने उल्लेख छ ।

वाराणसीबाट सुरु भएको सहस्र धारा यात्रा डुङ्गल, पिङ्गल, नक्छे, ड्वाकुलुङ्गा, गणेश टोल र माथिल्लो टोलको सिम्बुथान भएर भीमेश्वर मन्दिर तिर लाग्छ । विगतमा जस्तो नभई अचेल महिलाहरुले पनि माधव नारायण गाउनमा र भजन गाएर सहस्रधारा यात्रामा भाग लिन्छ। स्वस्थानी पर्वको अन्तिम दिन व्रत बस्ने महिला तथा अन्य भक्तजनहरूले सडकको छेउमा उभिएर सहस्रधारा यात्राको स्वागत गर्दै कलश बोकेका केटाहरूलाई रोटी, फलफूल र भेटी (पैसा) चढाएर पूजा गरी केटाहरुको कलशमा न्हिलोखु (चोखो पानी) हाल्छन् र माधव नारायणको आशीर्वादको लागि आफ्नो मनोकामना पूरा होस् भनेर प्रार्थना गर्छन। अन्तमा भीमेश्वर मन्दिर पुगेपछि यस वर्षको यो पर्वको समापन हुन्छ । यो पर्व आयोजना गर्न र मनाउन गुठीको ब्यबस्था छैन ।

रहर गर्नेहरू स्व-इच्छयाले जात्रामा सहभागी हुन्छन । कलश बोक्ने केटाहरूले सहस्रधारा बनाउनको लागि आवश्यक सबै सामग्रीहरू आफ्नै खर्चमा जम्मा गरेर बनाउँछन्। दोलखा लगायत भक्तपुर , रामेछापको चिसापानी आदि नेवार बस्तीहरुमा पनि सहस्र धारा यात्रा हुन्छन तर स्थान अनुसार मनाउंने तरिका अलि ली फरक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search