Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

ठमेलमा प्रहरी कुटपिट प्रकरणमा अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास

Advertisement

-काठमाण्डौ समाचारदाता

३० माघ २०८१, काठमाडौं ।  ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको कुटपिट घटनामा अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास भएको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनाएको छ। संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियु सधैं कानुनी राज्यको पक्षमा रहेको र घटनामा संलग्न जो सुकैलाई कानुनी प्रक्रियामा ल्याउनुपर्नेमा संगठनको स्पष्ट मत रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, “घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्ने कुरा अनेरास्ववियु दृढतापूर्वक मान्दछ।” साथै, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल र प्रायोजित सामग्रीमार्फत अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास भएकोमा उनले यस्तो गलत प्रचारबाजीको अनेरास्ववियु घोर भर्त्सना गरेको पनि बताएका छन्।

अनेरास्ववियुले सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेको छ। प्रकाशित जानकारी अनुसार, माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी)को टोलीमाथि आक्रमण भएको थियो। आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका थिए। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो।

आक्रमणकर्ताहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए र प्रहरीको लौरो पनि फालिदिएका थिए। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका छन्। यी दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल)का विद्यार्थी हुन् र नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध रहेका छन्। अनेरास्ववियुले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने र घटनाको निष्पक्ष छानबिन गर्न आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search