Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

संस्कृतिविद् भनिएका डा. जगमान गुरूङले भीमेश्वर मन्दिरको बारेमा फैलाएका अफवाहहरूका कारण अधिभक्ता श्याम कृष्ण मास्केद्वारा उनलाई केही प्रश्न

Advertisement

संस्कृतिविद भनिएका डा.जगमान गुरूङले प्राचिन हशर दाेलखा स्थित भगवान श्री परिसूचक भीमेश्वर मन्दिर प्रति अफवाह फैलाउनु भएकाेमाअधिभक्ता श्याम कृष्ण मास्केद्वारा उनिप्रति केही प्रश्न 

१) भगवान श्री भीमसेन (भीमेश्वर) काे मुख्य हतियार खड्रग नभएर गदा हाे ? खड्रग हाे भन्ने प्रमाण तपाईं संग के छ ?

२) भगवान श्री भीमसेन (भीमेश्वर) ले नेपाल मण्डल जादा आफ्नाे मुख्य हतियार गदा नवाेकी खड्रग बाेक्नुकाे कारण के थियाे ?

३) भगवान श्री भीमसेन (भीमेश्वर) नेपाल मण्डल दाेलखा (अभयपुर) बाट सिधा बाटाेबाट नगएर लामाे बाटाे दाेलखाकाे शैलुङ्ग हुँदै जानुकाे कारण र गएकाे हाे भन्ने प्रमाण तपाईं सँग के छ ?

४) भगवान श्री भीमसेन (भीमेश्वर) विशेषत नेवारहरूकाे आराध्यदेव भएकाे कारण तामाङहरूकाे वाहुल्य रहेकाे शैलुङ्ग हुँदै नेपाल मण्डल जानुकाे कारणकाे प्रमाण तपाई सँग के छ ?

५) भगवान श्री भीमसेन (भीमेश्वर) दाेलखाबाट नेपाल मण्डल जानुकाे कुनै कारण थिएन किनकि तत्कालिन अवस्थामा नेपाल मण्डल जलमग्न थियाे । यदि गएकाे हाे भने कुन उद्वेश्यले गएकाे थियाे ?

६) भगवान श्री भीमसेन (भीमेश्वर) शैलङ्ग हुँदै गएकाे थियाे भने शैलुङ्गमा राेकिनुकाे कारण के थियाे ?

७) भगवान श्री भीमसेन (भीमेश्वर) आफ्नाे स्थान दाेलखाबाट लामाेबाटाे हुँदै नेपाल मण्डल गएकाे हाे भने एक्लै गएकाे हाे कि आफ्ना साहानवाहानका साथ गएका थिए ?

८) भगवान श्री भीमसेन (भीमेश्वर) एक्लै गएकाे भए किन एक्लै गए ? साहानबाहानका साथ गएकाे भए छाेडीकाे खड्रग लिन किन साथ गएकाले सम्झाएन ?

९) भगवान श्री भीमसेन (भीमेश्वर) काे मुख्य हतियार खड्रग हाे भने आफ्नाे हतियार छाडदा किन फर्केर आई लगेन ?

१०) भगवान श्री भीमसेन (भीमेश्वर) महाभारत कथा अनुसार कहिल्यै पनि मानसिक समस्या नभएकाे कारण विर्सने वानि थिएन । विर्सने वानि नभएकाे भगवान श्री भीमसेन (भीमेश्वर) ले विर्सेर आफ्नाे हतियार शैलुङ्गमा छाडेकाे भन्ने तपाईं सँग के प्रमाण छ ?

११) महाभारत अनुसार भगवान श्री भीमसेन (भीमेश्वर) स्वर्गबाट फर्केर अभयपुर (दाेलखा) आई बसेकाे र दाेलखाबाट कतै गएकाे भन्ने उल्लेख नहुँदा नेपाल मण्डल कहिले र किन गएकाे र गएकाे भए कहिले फर्केकाे र फर्कदा कुन बाटाे भएर फर्केको भन्ने प्रमाण तपाईं सँग के छ ?

१२) नेपाल मण्डलबाट शैलुङ्ग हुँदै दाेलखा फर्केकाे भए विर्सेर छाडेकाे आफ्नो हतियार शैलुङ्गबाट किन नलगि छाडेर जानुकाे कारण के हाे ?

१३) भगवान श्री भीमसेन (भीमेश्वर) ले आफ्नाे हतियार खड्रग छाडेकै भए मालिककाे दर्शन नगरि पहिला उस्काे हतियारलाई दर्शन गरे मनाेकान्छा पूरा हुने तथ्य तपाईसँग के प्रमाण छ ?

१४) हतियारलाई दर्शन गरेर मनाेकान्छा पूरा हुने भए सवै भगवानकाे हतियारलाई दर्शन नगरि मूर्तिलाई नै पुजा गर्नुकाे कारण के हाेला ?

१५) तपाईले आफ्नाे मनाेकान्छा पूरा गर्न गत वर्ष पहिला शैलुङ्गमा भएकाे भीमेश्वरकाे खड्रगकाे दर्शन नगरी दाेलखामा रहेकाे श्री भिमेश्वरकाे दर्शन किन गर्नु भयाे ?

१६) तपाईं भन्दा पाका ईतिहास, धर्म, सस्कृतिविद डा.स्वामी प्रपन्नचार्य र शत्यमाेहन जाेशीले भन्न नसकेकाे कुरा विना आधार प्रमाण तपाईले भन्ने दुस्साहस कसरी गर्नुभयाे ?

तपाईं वृद्व भएकाे कारण तपाईलाई विर्सने राेग लागेकाे हुन सक्छ त्यसैले नचाहिने अफवाह फैलाउनु भएकाेले तुरून्त मानसिक अस्पताल गई उपचार गराई हाल्नुस भन्ने मेराे सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search