Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट

Advertisement

-महेन्द्र श्रेष्ठ

०७ फागुन २०८१, दोलखा । दोलखाको सडक पुर्वाधारतर्फ झण्डै डेढ करोडको स्रोत सुनिश्चित भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित गरिदिएको हो ।

सडक डिभिजन कार्यालय चरिकोटका अनुसार दोलखा जिल्लासँग जोडिएका बिभिन्न सडक पुर्वाधारहरुका लागि १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बरावरको स्रोत सुनिश्चित भएको छ । जसअनुसार किर्ने–भोर्ले–ढोलीखोला सडकको लागि ४५ करोड, खुर्कोट–मिल्ति सडकका लागि ४० करोड, भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे बहुवर्षीय योजनाका लागि २० करोड बजेट छुट्याईएको छ । 

 

यसैगरी मुडे–चरिकोट सडकको लागि १५ करोड, मिल्ति–तामाकोशी सडकका लागि २५ करोड, चरिकोट–सिंगटी सडक अन्तर्गत बाढीपहिरोबाट क्षतिग्रस्त झमार्सीखोला खण्डको लागि २ करोड ३० लाख र चप्लेटी खण्डको मर्मत सम्भारका लागि ३० लाख बजेट सुनिश्चित भएको छ । ती मध्ये मुडे–चरिकोट र चरिकोट–सिंगटी सडक अन्तर्गतको झमार्सीखोला खण्डको टेन्डर आव्हान भैसकेको छ । किर्ने–भोर्ले–ढोलीखोला सडक र झमार्सीखोला सडकखण्ड गत असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो ।

 

जिल्ला स्थित राजनीतिक दलहरुको पटक पटकको डेलिगेसन र मन्त्रीको जिल्ला भ्रमणपछि उक्त बजेट छुट्याईएको हो । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आईतवार र सोमवार दुई दिनसम्म सडक विभागका महानिर्देशक रामहरी पोखरेल, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित कुमार श्रेष्ठलाई साथमा लिएर जिल्ला स्थित सडकहरुको स्थलगत अवलोकन गरेका थिए ।

 

एमाले पोलिट व्युरो सदस्य समेत रहेका पुर्वमन्त्री पार्वत गुरुङले जिल्लाको विकास र समृद्धिका लागि एमालेको नेतृत्वदायी पहल र मन्त्रीको जिल्ला भ्रमण उपलब्धीपुर्ण भएको बताए । ‘हाम्रो अर्जुनदृष्टि जिल्लाको विकास, निर्माण र सुशासन हो, त्यसैका लागि यो पटक गरिएका निरन्तरको प्रयासहरु सफल र उपलब्धीमुलक भएको छ, उनले भने ।’  जिल्लामा मन्त्रीस्तरिय स्थलगत भ्रमणपछि योजनाहरुको लागि स्रोत सुनिश्चित गरिएको  सम्भवतः यो सबैभन्दा ठुलो बजेट हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search