-महेन्द्र श्रेष्ठ
०९ फागुन २०८१, दोलखा । नेकपा एमाले, जिल्ला कमिटी दोलखाले टोल र जनताका घरसम्म नेता र कार्यकार्ता परिचालन गर्ने गरी तीन महिने जरा केन्द्रित अभियान संचालन गरिरहेको छ ।
यस अभियानलाई रचनात्मक,प्रभावकारी र परिमाणमुखि बनाउने उदेश्यकाले २ नगरपालिका र ७ गाउँपालिका सहित ९ वटा पालिका कमिटीको अध्यक्ष कमरेडहरु, निर्बाचित मेयर/अध्यक्ष, उप मेयर/ उपाध्यक्षज्युहरु, प्रदेश कमिटीले तोकेका पालीका इन्चार्ज कमरेडहरु, जिल्ला कमिटी सचिवलय रहि पालिका जिम्मेवार प्राप्त कमरेडहरु, जिल्ला कमिटी पदाधिकारी, जिल्ला इन्चार्ज क. पार्बत गुरुङ प्रदेश माननीय भारत के.सी. केन्द्रिय सल्लाहकार परिषद सदस्य डबल पान्डे लगाएत नेता कमरेडहरुको उपस्तिथिमा २ दिने सितली कार्यशाला सम्पन्न भएको छ ।
जिल्ला कमिटी अध्यक्ष क. नर बहादुर श्रेष्ठको अध्यक्षतामा संचालित सो कार्यशालामाको मुख्य सहजीकरण नेकपा एमाले पोलिट्ब्युरो सदस्य एबम दोलखा जिल्ला कमिटी इन्चार्ज क. पार्बत गुरुङले गर्नु भएको थियो भने माननीय भारत के.सी., डवल पान्डे, समेतले बीच बीचमा सहजीकरण गर्नु भएको थियो । सितली कार्यशालाले
-दोलखा जिल्लाको ७४ वटा नै वडाको फोकल पर्सन तयार गरेको छ ।
-वडा केन्द्रित अभियानको लागि टिम गठन मापदण्ड तयार गरेको छ ।
– वडा केन्द्रित जरा अभियान संचालनको लागि बिधि, प्रक्रिया र नमूना गतिविधिहरुको पहिचान र अभियान पारम्भ मिति तय गरेको छ ।
– अन्तमा ९ बुदे सितली घोषण पत्र सहित एक औपचारिक कार्यक्रमका बीच सो कार्यशालाको अध्यक्ष नर बहादुर श्रेष्ठले सम्पन्न गर्नु भएको थियो ।
नेकपा एमाले जिल्ला कमिटी दोलखाको यो उच्चस्तरीय कार्यक्रम मेलुङ गाउँपालिका वडा नं.७ स्थिति देबि होटल सितलीमा आयोजना गरि बिश्वासको साथमा त्यसको ब्यबस्थापनको जिम्मेवार दिनु भएकोमा आयोजक प्रति मेलुङ गाउँपालिका कमिटी आभारी छौं ।
दोलखाको होचो भूमिमा रहेको सुन्दर फाँट सितलीमा नेकपा एमाले, दोलखाले २०८१ साल फागुन ७ र ८ गते सितली-कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । समृद्ध दोलखा, सुखी दोलखालीको आकांक्षा पूरा गर्न र पार्टीको `जरा अभियान-२०८१´ लाई व्यवस्थित गर्न सितली-कार्यशाला गोष्ठीले निम्न बमोजिम सितली घोषणा जारी गरेको छ ।
१. धन्यवाद ज्ञापन: नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री, नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, नेकपा एमालेका पोलिटव्युरो सदस्य देवेन्द्र दाहाल र पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरूङ, बागमती प्रदेशका माननीय भरतबहादुर केसी, सहितको टोलिले दोलखा जिल्ला भ्रमण गरी दोलखाको विकासका विभिन्न सवालमा जानकारी लिनु भएकोमा यो कार्यशाला गोष्ठी हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, भौतिक पूर्वाधार यातायात मन्त्री देवेन्द्र दाहालले दोलखाली नागरिकहरूका समृद्धिको ढोका उत्तर-दक्षिण लोकमार्ग अन्तर्गत लामावगर नाका खोल्न र वैकल्पिक राजमार्ग किर्ने, भोर्ले, ढोलिखोला सडक लगायत अन्य महत्त्वपूर्ण सडकहरूमा समेत गरि करिब डेढ अर्ब बजेट विनियोजन गरेकोमा यो कार्यशाला कृतज्ञता व्यक्त गर्दछ ।
२. समृद्ध दोलखा, सुखी दोलखाली अभियान: नेकपा एमालेको राष्ट्रिय आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो । नेकपा एमाले, दोलखाले पनि समृद्ध दोलखा, सुखी दोलखाली अभियानलाई जिल्लाको आकांक्षा बनाउदै निरन्तर विकास र समृद्धिका लागि काम गरिरहेको छ । २०५४ सालमा एमालेको नेतृत्वमा बनेको जिल्ला विकासका खाका र चक्रपथ योजना, २०७४-२०७९ सालमा भएका स्थानीय सरकारको अवधारणा र योगदानका आधारमा समृद्ध दोलखा, सुखी दोलखालीको रोडम्याप बन्दै आएको सितली- कार्यशालाले ठहर गर्दै द्रुत गतिमा विकास र परिवर्तनका लागि थप पहल कदमी थाल्ने प्रतिबद्धता गरेको छ ।
३. १९ बुदे कार्यन्वयन: नेकपा एमाले, दोलखाको ५ ओैं पूर्ण बैठकले जारी गरेका १९ बुदे प्रतिवद्धताहरू दोलखा विकास र समृद्धिका साझा अबधारणा र विकृति, विसंगति अन्त्य गर्ने ओैजार भएकाले यसलाई जनस्तरसम्म छलफलको विषय बनाइने छ । साथै, १९ बुँदे प्रस्तावलाई साझा बनाउन दोलखाको राजनीतिक दल, नागरिक समाज, उद्योग व्यवसायी, पत्रकार लगायत विभिन्न निकायहरूबीच सहकार्य गर्दै कार्यन्वयनका लागि नेकपा एमाले पोलिटव्युरो सदस्य, दोलखा जिल्ला इन्चार्ज पार्वत गुरूङको नेतृत्वमा सुरू भएको अभियानमा सबै पार्टी पङ्क्ति सामेल हुने कार्यशालाले प्रतिवद्धता गरेको
छ ।
४. जनता भेटघाट अभियान: सितली- कार्यशाला गोष्ठीले नेकपा एमालेको केन्द्रीय ३ महिने जरा अभियान सफल बनाउन जनतासंग भेटघाट अभियानको कार्ययोजना बनाएको छ । पार्टीबाट तय गरिएका कार्ययोजनालाई जनताका आवश्यकता, अपेक्षा र समस्याहरू समाधानका दृष्टिबाट पार्टीका आन्तरिक र बाहिरी पक्षसँग सहकार्य गर्दै जरा अभियानलाई दोलखामा प्रभावकारी र रचनात्मक ढंगले सञ्चालन गर्ने प्रतिवद्धता गरिएको छ ।
५. पार्टी सदस्यता सम्बन्धमा: पार्टीको मेरूदण्ड भनेको पार्टी सदस्यहरू भएकोले हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको पार्टी सदस्य हनुको गौरवान्वित महत्त्व दर्साउदै जरा अभियानको महत्त्वपूर्ण पाटोको रूपमा आत्मसात गरेर पार्टी सदस्यता विस्तार अभियानलाई सफल पार्न यो कार्यशाला अनुरोध गर्दछ ।
६. नेकपा एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्दै समृद्धि र विकासको अभियानमा सामेल गराउन शुरू गरिएको पार्टी प्रवेश अभियानको क्रममा यस गौरवशाली पार्टी छाडेर अन्य पार्टीमा भएकाहरूलाई पुन: घर फर्कन आवाहन गर्दै अन्य सम्पूर्ण व्यक्तित्वहरूलाई यस पार्टीमा आवद्ध हुन हार्दिकतापूर्वक अनुरोध गर्ने निर्णय गरियो ।
७. ग्रामीण भेगमा बाँदरलगायत हानिकारक वन्यजन्तुले कृषकहरूको उत्पादनमा क्षेति पुर्याइ विकराल समस्या उत्पन्न गराइरहेको परिप्रेक्षमा उक्त समस्या समधान गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै पहल थालेकोमा यो कार्यशाला धन्यवाद व्यक्त गर्दछ ।
८. मानव विस्थापित भै उजाडिदै गएको गाउँवस्तीलाई पुनः उजागर गर्न विकास र समृद्धिका उपायहरू खोजी गर्दै मानव पलायन र बसाइँसराइ रोक्नका लागि तीनै तहका सरकारहरूलाई अभियान सञ्चालन गर्न यो कार्यशाला अनुरोध गर्दछ ।
९. दोलखाको विगु गाउँपालिकामा पालिका अध्यक्षको गैरजिम्मेवार कार्यशैलीका कारण विकास निर्माण ठप्प भएको, पुरानो भुक्तानी, सामाजिक सुरक्षा भत्ता, दीर्घरोगीहरूलाई ओैषधी वितरण कार्य, स्थानीय सरकारबाट दिनु पर्ने सेवासुविधा लगायत सम्पूर्ण प्रशासनिक कार्यहरू रोकिएकाले जनतालाई प्रत्यक्ष असर परिरहेको अवस्थाप्रति यस कार्यशालाको गम्भीर ध्यानाकर्षण भयो । उक्त पालिकामा उत्पन्न गम्भीर समस्याबारे स्थानीय पार्टीहरू, जनप्रतिनिधि, शिक्षक प्रतिनिधिहरूको तर्फबाट विभिन्न निकायमा ध्यानाकर्षण गराउदा पनि वेवास्ता भएकोले यो कार्यशाला उक्त पालिकाको समस्या समाधान गर्न ध्यानाकर्षण गराउदछ ।
१०. अध्यादेशको स्वागत: देशको विकास र समृद्धिका लागि संसदमा पेश भएको विधेयकको स्वागत गर्दै संसदबाट तत्काल पारित होस् भन्ने सितली कार्यशाला शुभकामना व्यक्त गर्दछ ।
११. जिरी भ्रमण बर्ष: पर्यटन मार्फत समृद्धिको ढोका खोल्ने उद्देश्यले आयोजना गरिएको जिरी भ्रमण बर्ष-२०२५ सफल पार्न नेकपा एमालेका सबै तहले साथ सहयोग गर्ने प्रतिबद्धता गर्दछ । साथै, दोलखाको समग्र विकासमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको दोलखा महोत्सव-२०८१ को लक्ष्य पूरा होस् भन्ने शुभकामना व्यक्त गर्दछ ।
१२. सितली-कार्यशाला गोष्ठी आयोजना गर्न सहयोग गर्नुहुने नेकपा एमाले, मेलुङ गाउँपालिका कमिटीलाई कार्यशाला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
फोटोफिचर












