१७ फागुन २०८१, दोलखा । दोलखाका उच्च भुभागमा हिमपात दाेलखाकाे भिबीन क्षेत्रमा। हिमाली जिल्ला दोलखाका माथिल्ला क्षेत्रहरुमा पहिलोपटक बर्षासँगै हिमपात सुरु भएको छ । कालिञ्चोक, शैलुङ, चेर्दूङ, खरिढुँगा लगायतका क्षेत्रमा शनिबार अपरान्हदेखि हिमपात सुरु भएको हो ।
माथिल्लो क्षेत्रमा हिमपात र तल्ला क्षेत्रमा बर्षा भएपछि चिसो अध्याधिक बढेको छ । अन्नबालीलाई चिस्यान पुग्ने हुँदा किसान र पर्यटक आगमन बढ्ने हुँदा पर्यटन व्यवसायी खुसी भएका छन्। यसै त सुन्दर पर्यटकीय क्षेत्रहरु हिउँको घुम्टो हाल्दा अझ मनमोहक देखिने गरेको छ ।
हिउँ परेपछि सुख्खा डाँडापाखा, रुखबुट्यान, पातपतिङ्गर सेताम्मे हुन्छन् । घरका छानाहरु हिउँले ढाकेर सुन्दर देखिने गरेको छ। हिमपात भएपछि चिसो त बढ्ने नै भईहाल्यो । तर चिसोको प्रवाह नगरी हिउँ खेल्न तथा यहाँको मज्जा लुट्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।
पर्यटकहरु हिउँ खेल्नकै लागि भएपनि आउने गरेको कालिञ्चोकका होटल व्यवसायी चन्द्र कुमार लामाले बताए । उच्च भुभागमा हिउँ परेपछि जिल्लामा चिसो बढेको छ । चिसोको कारण स्वास्थ्य समस्या हुने भएकोले सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ ।
चिसोको कारण बालबालिका, बृद्धबृद्धा, दीर्घरोगी प्रभावित हुन्छन् । उनीहरुलाई चिसोबाट जोगाउन सेचतनासँगै आवश्यक सहयोग गर्न आवश्यक छ ।
